close

युरोकपलाई लक्षित गर्दै डिशहोमको नयाँ अभियान, विजेतालाई बम्पर उपहार

टेकपाना टेकपाना

जेठ १९, २०७८ १९:४२

युरोकपलाई लक्षित गर्दै डिशहोमको नयाँ अभियान, विजेतालाई बम्पर उपहार

काठमाडौं । डिशहोम नेपालले युरोकपलाई लक्षित गर्दै ‘मेरो मनको दोस्रो देश’ नामक नयाँ अभियान सुरु गरेको छ । युरोपको सबैभन्दा ठूलो फुटबल प्रतियोगिता यूईएफए यूरो २०२० का फुटबलप्रेमी दर्शकलाई लक्षित गर्दै कम्पनीले यो अभियान सुरु गरेको हो ।

गत वर्ष महामारीको कारण रद्ध गरिएको यूईएफए यूरो २०२० यस वर्ष आयोजना हुँदैछ । यसको प्रत्यक्ष प्रसारणका लागि डिशहोमले संपूर्ण तयारी पुरा गरिसकेको जनाएको छ । दर्शकहरुले यो फुटबल प्रतियोगिता डिशहोमको एचडी च्यानल एक्सन स्पोर्टसमा हेर्न सक्नेछन् ।

यस अभियान अन्तर्गत डिशहोमले सामाजिक सञ्जालमा #MeroMankoDosroDesh ह्यासट्याग ट्रेन्ड सञ्चालनमा ल्याउने छ । जसमार्फत फुटबल प्रतियोगितालाई दर्शकबीच रोमान्चकारी बनाउने उद्देश्य कम्पनीको रहेको छ ।

यसअन्तर्गत फ्यानहरुले आफूले प्रशंसा र समर्थन गरेको आफ्नो मनको दोस्रो देशलाई ट्याग गर्न सक्दछन् । यस माध्यमबाट उनीहरुले आफ्नो पक्ष र विपक्ष टिमलाई अरु कसले समर्थन गरिरहेका छन् भन्नेबारे पनि जानकारी प्राप्त गर्नेछन् ।

यस अभियानले दर्शकलाई उनीहरुको दोस्रो देशको साथ खेलमा आनन्दित हुने अवसर सिर्जना गर्दछ । यस अभियानबाट डिसहोमले समय समयमा कुन देशका सबै भन्दा धेरै समर्थक छन् भन्ने विवरण पनि निकाल्ने जनाएको छ ।

जुन ह्यास्ट्यागरको मनको दोस्रो देश फाइनलमा जान्छ र खेल जित्छ, उनैले भाग्यशाली ड्र मार्फत बम्पर उपहार पनि जित्ने कम्पनले जनाएको छ । यस बाहेक, फ्यानहरुले सामाजिक सञ्जालमा प्रतियोगिताको भविष्यवाणीमा भाग लिई विभिन्न उपहारहरु समेत जित्न सक्ने जनाइएको छ ।

अभियानमा भाग लिनको लागि सर्त तथा नियमहरु :

  • सहभागीहरुले डिसहोमको फेसबुक पेज लाइक गर्नुपर्नेछ ।
  • सहभागीहरुले आफ्नो फेसबुकको पोस्टमा अनिवार्य रुपमा #MeroMankoDosroDesh गर्नुपर्नेछ र आफूले समर्थन गरेको देशको नाम उल्लेख गर्नुपर्नेछ ।
  • खेलको बीच अन्तरालमा समर्थन गरिएको देश परिवर्तन गर्न पाइने छैन ।
  • प्रतियोगिताको क्वाटरफाइनल सम्मको ह्यास्ट्याग मात्र लक्की ड्रमा गणना हुनेछ । सहभागीहरुले खेलको अन्त्यसम्म आफ्नो मनको देशलाई समर्थन गरी #MeroMankoDosroDesh सँगै खेल सम्बन्धित पोस्ट गर्न सक्नेछन् ।
  • विजेता, दाेस्राे र तेस्राे गरी तीन राष्ट्रका समर्थकले लक्की ड्रबाट बम्पर पुरस्कार जित्नेछन् ।
  • विजेताहरुको घोषणा डिसहोमको फेसबुक पेजमा लक्की ड्रको माध्यमबाट हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३