close

क्रिप्टोकरेन्सी वालेटले यसरी विस्थापित गर्न सक्छ बैंक

टेकपाना टेकपाना

जेठ २०, २०७८ १४:४२

क्रिप्टोकरेन्सी वालेटले यसरी विस्थापित गर्न सक्छ बैंक

काठमाडौं । क्रिप्टोकरेन्सी प्रयोगको विषय तपाईं को सँग कुरा गर्दै हुनुहुन्छ भन्ने विषयले फरक पार्न सक्छ । कसैले क्रिप्टोकरेन्सीले हाम्रो वर्तमान वित्तीय प्रणलीलाई विस्थापित गर्न सक्छ भन्ने विश्वास व्यक्त गर्छन् । कसैले यो एउटा सुनजस्तै मूल्यको भण्डारको रुपमा हेरिरहेका छन् । हरेक कुराको पक्ष र विपक्ष हुनु स्वभाविक नै हो । तर, ती सबै बीचमा एउटा साझा कुरा भनेको क्रिप्टोकरेन्सी वालेट हो ।

नन–कस्टोडियल क्रिप्टोकरेन्सीले बैंकजस्तै काम गर्छ । यसले तपाईंको सम्पत्ति भण्डारण गरी सुरक्षित गर्ने काम गर्दछ र तपाईंलाई कारोबार गर्न दिन्छ । तर, यसमा बैंक अझै पनि मध्यस्थकर्ताको रुपमा रहनेछ । जसले तपाईंको कारोबारलाई लिमिट गर्न सक्छ । तपाईंसँग भएको रकम चलाउन सक्छ । तपाईंले गरेको हरेक कारोबारको जानकारी राख्नसक्छ ।

क्रिप्टो वालेटले पनि त्यस्तै सेवा दिने हो । तर, फरक के हो भने नियन्त्रण गर्न भने सक्दैन । यसरी हेर्ने हो भने क्रिप्टो वालेटले बैंकहरुलाई विस्थापित गर्नसक्छ भन्न सकिन्छ । तर, पनि यत्तिमै बैंकभन्दा क्रिप्टो वालेट बैंकभन्दा राम्रो हो भन्न सक्ने अवस्था रहँदैन । त्यसैले यहाँ यसलाई अलि बढी केलाउने प्रयास गरेका छाैं ।

अनलिमिटेड स्टोरेज

अहिले विश्व बजारमा सयौंको संख्यामा क्रिप्टो करेन्सी छन् । क्रिप्टो वालेटले धेरैजसो ब्लकचेन जस्तै बिटक्वाइन, इथेरियम, ड्यास, जेडक्यास लगायतका ईआरसी–२० टोकन तथा कोइनलाई सपोर्ट गर्छ । जसरी तपाईंको एउटा बैंक खाताले तपाईंको सम्पूर्ण कारोबार राख्न सक्छ, त्यसरी नै क्रिप्टो वालेटले विभिन्न क्रिप्टोकरेन्सीलाई होल्ड गर्न सक्छ ।

प्रयोगकर्ताको गोपनियता

हालका बैंकले प्रयोगकर्ताको हरेक जानकारी थाहा पाउन सक्छ । तपाईं कहाँ खर्च गरिरहनु भएको छ, कति आम्दानी गरिरहनु भएको छ, उक्त आम्दानी कसरी भइरहेको छ, कहाँबाट पैसा आइरहेको छ भन्ने सम्पूर्ण जानकारी बैंकसँग हुन्छ ।

बैंकले यस्ता लाखौं प्रयोगकर्ताको जानकारी संकलन गरिरहको हुन्छ । तर, क्रिप्टोकरेन्सी वालेटमा प्रयोगकर्ताले आफूलाई पूर्णरुपमा गुमनाम बनाएर राख्न सक्नुहुन्छ । जुन प्रयोगकर्ताको गोपनीयताको हिसाबले उपयुक्त हो ।

चाैबिसै घण्टाको पहुँच

बैंक मानिसले चलाएको हुन्छन् । उनीहरुलाई आरामको आवश्यकता पर्छ । त्यसैले पनि बैंकमा साप्ताहिक बिदा, बिहान, बेलुका बिदा हुन्छ । यस्तोमा रातको समयमा पैसा आवश्यक परेको खण्डमा असहज हुन सक्छ । यसका लागि तपाईंले बैंकको विषयमा अगाडि नै योजना बनाउनुपर्ने हुन्छ ।

तर, क्रिप्टोकरेन्सी वालटेको हकमा बजार सधैं ‘अन’ हो । तपाईंले आफ्नो पैसामा जतिबेला पनि पहुँच राख्न सक्नुहुन्छ । चेक काटेर बैंकमा पुग्नुपर्ने झन्झट हुँदैन । यदि तपाईंलाई पैसा आवश्यक परेको खण्डमा बिटक्वाइन एटीएम पनि उपलब्ध हुनेहुँदा तपाईंले क्वाइन झिकेर प्रयोग गर्न पनि सक्नुहुन्छ ।

शुल्क

क्रिप्टोकरेन्सी प्रयोगको शुल्क हुँदैन भन्ने त हैन । तर, बैंकले हाल लिने जति शुल्क भने पक्कै हुँदैन । तपाईं आफ्नो पैसा बचत गरिरहनु भएको छ तर, त्यसको लागि तपाईंले शुल्क बुझाइरहनु परेको छ । तपाईंले पैसा झिक्नुस्, शुल्क लाग्छ । एटीएमबाट पैसा झिक्नुपर्‍यो, शुल्क तिर्नुपर्छ । हेर्दा थोरै देखिएता पनि यसरी काटिने शुल्कले थोरै आम्दानी गर्नेलाई भने टाउको दु:खाईको विषय हुन सक्छ ।

तर, यही कुरा तपाईं क्रिप्टो वालेटमा गरिरहनु भएको छ भने तपाईंको पैसा बचत गरेको पैसा बुझाउनु पर्दैन । तर, एकपटक कारोबार गर्दा तपाईंले केही शुल्क भने बुझाउनुपर्छ । त्यसपश्चात तपाईंले जिन्दगीभर कुनै शुल्क बुझाउनुपर्दैन ।

उच्च ब्याजदर

बैंकले हाल तपाईंलाई उपलब्ध गराउने वार्षिक ब्याजदर कति हो त ? वार्षिक रुपमा पाउने ब्याजदर भनेको २–३ प्रतिशत हो । जबसम्म तपाईंले ठूलो मात्रामा पैसा जम्मा गर्नुहुन्न, तबसम्म उक्त ब्याजदर नगन्य नै हुन्छ ।

अर्कोतर्फ क्रिप्टाेकरेन्सी वालेटले तपाईंलाई त्योभन्दा धेरै दिन्छ । जहाँबाट तपाईंले थोरैमा ६ प्रतिशतदेखि २० प्रतिशतसम्म वार्षिक ब्याजदर प्रदान गर्छ । तपाईंले आफूसँग भएको क्रिप्टोकरेन्सी धितोमा राखेर उदारो दिन सक्नुहुन्छ । त्यसका लागि बैंकमा जस्तो कागजात लिएर दौडधुप गर्नुपर्ने अवस्था रहँदैन । साथै कतिपय क्रिप्टोकरेन्सीले रिवार्डहरुसमेत प्रदान गर्नेहुँदा त्यो पनि तपाईंको आम्दानीको स्रोत हुँदै जान्छ ।

तत्काल कारोबार

बैंकको कारोबारका लागि केही घण्टा लाग्न सक्ला । अथवा एक दिन पनि लाग्न सक्छ । अन्तर्राष्ट्रिय कारोबारमा त कहिले काहिँ हप्तादिन पनि लाग्न सक्छ । यदि तपाईं यात्रा गरिरहनु भएको छ भने तपाईंलाई पैसा जतिसक्दो चाँडो आवश्यक पर्छ । कसैलाई पनि आफूले आम्दानी गरेको पैसा प्रयोग गर्न कुरी राख्नुपर्ने झन्झट त्यति व्यवहारिक नलाग्न सक्छ ।

तर, क्रिप्टो वालेटले तपाईंको यात्रामा तपाईंसँगै यात्रा गर्नेछ । यदि तपाईं अमेरिकाबाट चीन यात्रा गर्नुभयो भने तपाईंले तत्कालै कुनै पनि सामान खरिद गर्न सक्नुहुनेछ । जुन एक मिनेटको अन्तरालमा कारोबार नै भइसक्छ ।

यसरी सबै कुरालाई अध्ययन गर्दा अन्तमा के भन्न सकिन्छ भने क्रिप्टो वालेट सबै कुरामा अघि रहेको देखिन्छ । बैंकले ग्राहकबाट आम्दानी गरेर कर्मचारी पाल्नुपर्‍यो, कार्यालय विस्तार गर्नु पर्‍यो । तर, क्रिप्टो वालेटमा यी कुनै पनि कुराको आवश्यक नहुने हुँदा पैसाको बचत पनि हुनु स्वभाविक हो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३