close

सरकारी पेन्सन आजदेखि अनलाइनबाट सोझै खातामा

टेकपाना टेकपाना

जेठ २३, २०७८ २०:१९

सरकारी पेन्सन आजदेखि अनलाइनबाट सोझै खातामा

काठमाडौं । सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीको मासिक निवृत्तभरण रकम (पेन्सन) विद्युतीय कोष हस्तान्तरण (ईएफटी) बाट सोझै सम्बन्धित व्यक्तिको खातामा जम्मा हुने भएको छ । महालेखा नियन्त्रण कार्यालयले आजदेखि याे प्रणली लागू गरेकाे हाे ।

महालेखा नियन्त्रक कार्यालयमा आइतबार आयोजित एक कार्यक्रमका बीच महालेखा नियन्त्रक मधुकुमार मरासिनीले यो प्रणलीको सुरुवात गरेका हुन् । यसबाट निजामती, प्रहरी, जंगी र शिक्षकतर्फ करिब २ लाख ७६ हजार सेवानिवृत्त राष्ट्रसेवक कर्मचारीहरु प्रत्यक्ष लाभान्वित हुने जनाइएको छ ।

कार्यक्रममा बोल्दै महालेखा नियन्त्रक मरासिनीले यो प्रणालीले नेपाल सरकारको विद्युतीय नेपाल अवधारणा लागू गर्न ठूलो सहयोग पुग्ने बताए । यस प्रणालीको विकासले पारदर्शिता कायम हुने तथा लागत प्रभावकारितामा समेत सघाउ पुग्ने उनले बताएका छन् ।

निवृत्तभरण व्यवस्थापनमा सरकारको ठूलो रकम खर्च हुने र सो रकम समयभित्रै सम्बन्धित व्यक्तिको खातामा नै सरकारी कोषबाट भुक्तानी हुने भएकाले सरकारको नगद प्रवाह व्यवस्थापनमा समेत प्रभावकारिता बढ्ने उनले बताए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३