close

अनलाइनमा ४ घण्टाको निःशुल्क एसपीएसएस ट्रेनिङ सञ्चालन हुँदै, यसरी हुनुहोस् सहभागी

टेकपाना टेकपाना

जेठ २५, २०७८ ११:५८

अनलाइनमा ४ घण्टाको निःशुल्क एसपीएसएस ट्रेनिङ सञ्चालन हुँदै, यसरी हुनुहोस् सहभागी

काठमाडौं । ब्रोडवे इन्फोसिसले निःशुल्क रुपमा एसपीएसस सेसन सञ्चालन गर्ने भएकाे छ । कोरोना महामारीका कारण जारी निषेधाज्ञाको समय सदुपयोग गर्ने उद्देश्यका साथ कम्पनीले विभिन्न काेर्षमा निःशुल्क सेसन सञ्चालन सञ्चालन गरिरहेकाे छ ।

कम्पनीले आउँदो जेठ २८ र २९ मा नयाँ सेसनका रूपमा एसपीएसस (डेटा एनालिसिस, डेटा रिप्रिजेन्टेसन र एप्राेच) विषयमा तालिम दिने भएकाे हाे ।

साथै निःशुल्क सेसनमा एसपीएसस रहेका अवसर र क्यारियरको विषयमा समेत चर्चा हुनेछ । यस क्षेत्रकै ख्यातिप्राप्त प्रशिक्षकले सेसन सञ्चालन गर्ने बताइएको छ ।

निःशुल्क रुपमा एसपीएसएस सिक्न चाहनुहुन्छ भने यहाँ क्लिक गरी फारम भर्नुहोस् र आफ्नो सिट सुरक्षित गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१