close

स्मार्टवाच ल्याउँदै फेसबुक, डुअल क्यामेरादेखि हर्टरेट मनिटरसम्मका फिचर रहने

टेकपाना टेकपाना

जेठ २७, २०७८ १०:४१

स्मार्टवाच ल्याउँदै फेसबुक, डुअल क्यामेरादेखि हर्टरेट मनिटरसम्मका फिचर रहने

काठमाडौं । फेसबुकको पहिलो स्मार्टवाच आगामी वर्षको जुन महिनासम्म सार्वजनिक गरिने भएको छ । तर सार्वजनिक हुनु अघि नै फेसबुकको स्मार्टवाचको निकै चर्चा चलिरहेको छ ।

यो स्मार्टवाच सार्वजनिक भएपश्चात स्मार्टफोनको आवश्यकता नरहने अनुमान समेत गर्न थालिएको छ । किन कि फेसबुक स्मार्टवाचमा स्मार्टफोनका सबै महत्वपूर्ण फिचरहरु उपलब्ध हुनेछन् ।

फेसबुक स्मार्टवाचमा यस्ता कयौं आकर्षक फिचर हुनेछन्, जुन अहिलेसम्म कुनै पनि स्मार्टवाचमा दिइएका छैनन् । यसमा कलिङदेखि क्यामेरा र साामजिक सञ्जालसम्मका फिचर हुनेछन् । यद्यपी फेसबुकको तर्फबाट भने यो स्मार्टवाचको विषयलाई लिएर कुनै पनि टिप्पणी बाहिर आएको छैन ।

द भर्चको रिपोर्ट अनुसार फेसबुक स्मार्टवाचमा एउटा युनिक डिस्प्ले हुनेछ । जुन डुअल क्यामेरा सेटअपका साथ आउनेछ । यो डिस्प्लेलाई स्मार्टवाचबाट अलग समेत गर्न सकिनेछ । यो स्मार्टवाचको सहयोगमा फोटो खिच्नेदेखि भिडिओ रेकर्ड गर्न सकिनेछ ।

साथै स्मार्टवाचबाटै फेसबुक र इन्स्ट्राग्राम जस्ता सामाजिक सञ्जालमा शेयर गर्न सकिने अप्सन समेत हुनेछ । यसैगरी स्मार्टवाचमा हर्टरेट मनिटर जस्ता स्वास्थ्यसँग कतिपय फिचरको सपोर्ट समेत दिइनेछ ।

स्मार्टवाचको अगाडि भागमा एउटा क्यामेरा हुनेछ, जसबाट भिडिओ कलिङ गर्न सकिनेछ । यो क्यामेरा १०८० पेक्सेल अटो फोकसका साथ आउनेछ । स्मार्टवाच स्टेनलेस स्टिलको डिजाइनमा आउनेछ ।

जसलाई कालो, सेतो र सुनौलो गरी तीन कलर अप्सनमा खरिद गर्न सकिनेछ । लिक रिपोर्ट अनुसार स्मार्टवाचको मूल्य ४०० अमेरिकी डलर अर्थात करिब ५० हजार रुपैयाँबाट सुरु हुनसक्छ ।

यद्यपी फेसबुकको तर्फबाट स्मार्टवाच सार्वजनिक र त्यसको नामको बारेमा कुनै खुलासा गरिएको छैन । पछिल्लो समय विश्वव्यापी रुपमा स्मार्टवाचको बिक्री तीव्र रुपमा बढिरहेको छ । मार्केट रिसर्च फर्म काउन्टर प्वाइन्टका अनुसार एप्पलले गत वर्ष तीन करोड ४० लाख स्मार्टवाच बिक्री गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१