close

तपाईंको स्मार्टफोन कतै असुरक्षित त छैन ?

टेकपाना टेकपाना

जेठ ३१, २०७८ १६:१३

तपाईंको स्मार्टफोन कतै असुरक्षित त छैन ?

काठमाडौं । पछिल्लो समय मोबाइल सबैका लागि अपरिहार्य नै भएको छ । हाम्रा हरेक कुरा मोबाइलसँग जोडिएका छन् । हामीले प्रयोग गर्ने सामाजिक सञ्जाल त्यसैमा चलिरहेको हुन्छ । त्यसैबाट बैंकिङ कारोबार र अनलाइन शपिङ गरिरहेका हुन्छाैं ।

माेबाइलकाे बढ्दाे प्रयाेगसँगै यसमा तपाईंले धेरै महत्वपूर्ण फाइल र डेटा राख्नुहुन्छ, जुन गुमाउँदा तपाईंले आफ्नो जीवनमा ठूलो समस्या भोग्नुपर्ने अवस्था पनि सिर्जना हुन सक्छ ।

कल्पना गर्नुहाेस् त, तपाईंकाे मोबाइल कसैले चोर्‍यो । मोबाइलमा तपाईंले कुनै लक राख्नुभएको थिएन । चोरी गर्ने व्यक्तिले सहजै त्यसबाट बैंक खाताको पहुँच, तपाईंको विभिन्न सामाजिक सञ्जालमा पहुँच राख्यो भने भने के हाेला ?

पक्कै पनि तपाईंले कमाएको धनमात्रै नभएर तपाईंको सामाजिक प्रतिष्ठामा समेत आँच आउन सक्ने गरी उसले तपाईंको डेटा दुरुपयोग गर्न सक्छ ।

मोबाइल चोरी नभएको अवस्थामा पनि अहिले विश्वमा साइबर सुरक्षाको जाेखिम फैलिरहेकाे छ । यस्तोमा तपाईंको मोबाइलमा ह्याकरले पहुँच बनाएर पनि तपाईंका महत्वपूर्ण फाइल तथा बैंकमा पहुँच राख्न सक्छ । त्यसका लागि पनि हामीले बोक्ने मोबाइललाई सुरक्षित राख्नु अबको सबैभन्दा महत्वपूर्ण कदम हो ।

त्यसैले नेपालको दूरसञ्चार क्षेत्रको नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले पनि आफूले बोक्ने मोबाइल कसरी सुरक्षित राख्ने भन्ने विषयमा जानकारी दिएको छ । उक्त जानकारीका आधारमा यहाँ हामी तपाईंहरुलाई मोबाइल सुरक्षित राख्न केही उपाएको बारेमा जानकारी दिँदैछौं ।

  • गुगल प्ले स्टोर वा एप स्टोर (Official Reputed App Store) बाट Rating तथा Review को आधारमा मात्रै App Download गरी install गर्ने गरौं।
  • App Install गर्दा App ले Camera Access/Location Tracking/Contacts/Media/Audio/File Access को Permission माग गरेमा Deny गरौं ।
  • कुनै पनि App Install गर्नुभन्दा अगाडि सो App सँग सम्बन्धित End-User Agreement तथा App को Privacy Policy अवश्य पढौं । App ले मोबाइलको कुन कुन Data Access गर्छ र App मार्फत Third Party लाई share हुने व्यक्तिगत विवरण सम्बन्धमा जानकारी राखौं ।
  • मोबाईललाई बलियो पासवर्ड (Password) तथा डिजिटल औठाछाप जस्ता Bio-metric Log In प्रयोग गरी सुरक्षित राखौं | पासवर्ड (Password) समय समयमा परिवर्तन गरौं ।
  • स्मार्टफोनलाई Jailbreak/root गरी प्रयोग नगरौं । भेटिएको स्मार्ट फोनको प्रयोग नगरी नजिकैको प्रहरी कार्यालयमा बुझाऔं ।
  • प्रयोग नभएको बेला मोबाइल ह्याण्डसेटलाई Lock गरेर राखौ | साथै Idle अवस्थामा Auto-Lock हुने गरी । फोनको Settings मा Configure गरौं ।
  • मोबाइल फोनको सफ्टवेयर (Operating System / Applications) लाई नियमित रुपमा अद्यावधिक गरौं । साथै मोबाइल फोनको सुरक्षाको लागि अनिवार्य रुपमा Genuine Firewall/Anti Virus / Mobile Security Solutions को प्रयोग गरौं ।
  • प्रयोग नहुने बेला मोबाइल फोनको WiFi, Bluetooth, Mobile Data, GPS आदिलाई बन्द (OFF) गरी राखौं।
  • अरुले मोबाइल फोनको प्रयोग गर्न नसक्ने गरी मोबाइल ट्र्याकिंग हुन सक्ने गरी, Completely Wipe out गर्न सक्ने गरी तथा सिमकार्ड परिवर्तन गरेमा कुनै निश्चित नम्बरमा Alert आउने गरी Configure गरौं । यस्ता settings ले मोबाइल हराएमा भेट्टाउन सहयोग पु-याउँछ र मोबाइलमा भएका व्यक्तिगत विवरणहरु अरुको पहुँच पुग्नबाट बचाउँछ ।
  • मोबाइल मार्फत डिजिटल कारोबार गर्दा असुरक्षित Free Public Wi-Fi/Hotspot को प्रयोग नगरौं।
  • मोबाइल ह्याण्डसेटमा हुने संवेदनशील डाटाको Backup राखौं । साथै मोबाइलमा समेत उक्त संवेदनशील डाटालाई encryption गरेर राखौं ।
  • मोबाइल ह्याण्डसेटबाट अनलाइन तथा मोबाइल बैंकिङ्ग सेवा उपभोग गर्न मोबाइल डाटा/Secure Wifi प्रयोग गरौं । साथै Multi-factor Authentication जस्तै Two Factor Authentication, Mobile Number, OTP, Fingerprint इत्यादि ) को प्रयोग गरौं ।
  • अपरिचित मोबाइल नम्बर / इमेल / Whats App/Viber/Messenger आदिबाट आएको सन्देश, फोनकल लगायतलाई Reply/Response नगरौं ।
  • Freeware, Pirated software / game, Free music/video, अश्लील सामग्री उपलब्ध हुने जस्ता असुरक्षित वेभसाइटहरुको प्रयोग नगरौं, Pop-up link मा जथाभावी Click नगरौ र Freeware/shareware तथा Pirated Software, Music/Video/games डाउनलोड नगरौं ।
  • मोबाइल फोनलाई अरुको सजिलै पहुँच पुग्ने गरी यतिकै नछोडौं ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१