close

फाइभजी पूर्वाधारमा सामसङको प्रवेश

टेकपाना टेकपाना

असार १, २०७८ १३:१३

फाइभजी पूर्वाधारमा सामसङको प्रवेश

काठमाडौं । सामसङले फाइभजी पूवार्धारमा पहिलो फड्को मारेको छ । भोडाफोन यूकेले आफ्नो फाइभजी पूर्वाधार निर्माणकै लागि सप्लायरको रुपमा छनोट गरेसँगै सामसङले फाइभजीमा प्रवेश पाएको हो ।

सामासङका लागि याे एउटा महत्वपूर्ण उपलब्धि हाे । विश्व फाइभजीको बजारमा ह्वावे, एरिक्सन, नोकियाजस्ता कम्पनीको बाहुल्यता छ । त्यसमध्ये ह्वावे विभिन्न देशमा प्रतिबन्धित छ ।

यस्तोमा एरिक्सन, नोकियो दबदबालाई तोड्ने उद्देश्यका साथ भोडाफोनले यो कदम चालेको हुनसक्ने आँकलन गरिएको छ । कम्पनीले सप्लायरको दायरालाई फराकिलो बनाउने नीतिका साथ सामासङसँग सहकार्य थालेकाे हाे ।

सामसङले पहिले चरणमा दक्षिण–पश्चिम इङ्गल्याण्ड र वेल्सका धेरैजसो भू-भागका २५ सय ग्रामीण साइटमा आफ्नो किट जडान गर्नेछ । भोडाफोनले यसरी सामसङलाई फाइभजी प्रविधिका लागि छनोट गरेसँगै यूके पनि फाइभजीमा प्रविधमिा ह्वावेलाई प्रतिबन्ध गर्ने अर्को देश भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१