close

बेजोसकी पूर्वपत्नी म्याकेन्जीले गरिन् झण्डै ३ खर्ब सहयोग

टेकपाना टेकपाना

असार २, २०७८ ९:५८

बेजोसकी पूर्वपत्नी म्याकेन्जीले गरिन् झण्डै ३ खर्ब सहयोग

काठमाडौं । विश्वकै सबैभन्दा धनाढ्य महिला उपन्यासकार तथा परोपकारी म्याकेन्जी स्कटले विभिन्न संस्थाहरुलाई १.९ बिलियन यूरो अर्थात् झण्डै तीन खर्ब रुपैयाँ सहयोग गरेकी छन् । अमेजनका संस्थापक जेफ बेजोससँग गत वर्ष सम्बन्धविच्छेद गरेकी स्कटले शिक्षा, कला, रङ्गभेदविरुद्ध लडिरहेका संस्थाहरुलाई उक्त रकम सहयोगको रुपमा उपलब्ध गराएकी हुन् ।

उनले कूल २८६ संस्थालाई यो रकम उपलब्ध गराएकी हुन् । तीन पटकको सहयोगमा उनले कूल ५.६ बिलियन यूरो सहयोग उपलब्ध गराइसकेकी छन् ।

उनले अघिल्लो वर्ष कोरोना माहमारीको बीचमा २.८ बिलियन यूरो फुड बैंक र इमर्जेन्सी रिलिफ फण्डलाई उपलब्ध गराएकी थिइन् । त्यसको ठ्याकै एक महिनाअघि उनले १.२ बिलियन यूरो जातिय तथा रंगभेद विरुद्ध काम गर्ने संस्था र क्लाइमेट चेन्जमा काम गर्ने संस्थालाई सहयोग उपलब्ध गराएकी थिइन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१