close

अब फाइभजी होइन सिक्सजी, सफल भयो परीक्षण

टेकपाना टेकपाना

असार ३, २०७८ ११:४०

अब फाइभजी होइन सिक्सजी, सफल भयो परीक्षण

काठमाडौं । हुन त अझै पनि नेपालमा फाइभजीको परीक्षण भइसकेकाे छैन । कतिपय ठाउँमा फाेरजी नै नपुगेकाे बेला फाइभजीकाे व्यवसायिक सुरूवातबारे चर्चा गर्नु केही चाँडाे हाेला ।

हुन त विश्वका धेरैजसो देशमा फाइभजी सुरू भएकाे छैन । हाम्राे छिमेकी देश भारतमा गत बुधबारदेखि यसकाे परीक्षण सुरूवात भएकाे छ । यस्तो अवस्थामा हाम्रा लागि सिक्सजीको परिकल्पना झनै टाढाकाे हुन जान्छ ।

तर, प्रविधिको यो विकासलाई कसले रोक्न सक्ला र ? फाइभजी विस्तारकै क्रममा रहेको अवस्थामा सिक्सजीको परीक्षण सुरु भइसकेको छ । यो सुन्दा अच्चम्म पनि लाग्न सक्छ । तर, या यथार्थ हो । सामसङले भर्खरैमात्र आफ्नो ल्याबमा सिक्सजीको परीक्षण सम्पन्न गरेको छ ।

क्यालिफोर्निया युनिभर्सिटी र सामासङ रिसर्च अमेरिकको संयुक्त प्रयासमा सिक्सजीको परीक्षण सम्पन्न भएको हो । उनीहरुले १४० गीगाहर्ज ट्रान्समिटरको परीक्षण गरेका हुन् ।

यसका लागि आवश्यक रिसिभर भने पहिलोपटक सन २०१७ मा यूसीएसबी इलेक्ट्रिकल एण्ड कम्प्युटर इन्जिनियन प्रोफेसर मार्क रोडवेलले पत्ता लगाएका थिए ।

उनले त्यसबेला उक्त रिसिभर फाइभजीका परीक्षणको क्रममा निर्माण गरिएको जनाइएको छ । सोही रिसिभरलाई लिएर हाल सामसङले आफ्नो ल्याबमा सिक्सजी परीक्षण गरेको जनाइएको छ । जसमार्फत १४० गिगाहर्ज फ्रिक्वेन्सीमार्फत २ जीबीपिएस ब्याण्डविथका साथ काम गरेको जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१