close

स्टार्टअप कम्पनी उपायःसीटी कार्गोमा भित्रियो १८ करोड लगानी

टेकपाना टेकपाना

असार ५, २०७८ १०:३४

स्टार्टअप कम्पनी उपायःसीटी कार्गोमा भित्रियो १८ करोड लगानी

काठमाडौं । प्रविधिमा आधारित स्टार्टअप कम्पनी ‘उपायः सीटी कार्गो’ मा डोल्मा इम्प्याक्ट फण्ड सेकण्डले १८ करोड लगानी गरेको छ । दुई वर्षअघि उपाय सर्भिस लिमिटेडले उपायःसीटी कार्गो लजिस्टिक साझेदार कम्पनीको रुपमा स्थापना गरेको हो ।

जसले नेपाली ईकमर्स तथा अन्य व्यवसायलाई आवश्यक पर्ने ‘सप्लाइ– चेन’ लजिस्टिक सेवा उपलब्ध गराउँदै आएको छ । यसको अर्थ ईकमर्स जस्ता कम्पनीका लागि सामान डेलिभरीका लागि आवश्यक पर्ने बाइक तथा गाडीका साथै म्यानपावर उपलब्ध गराउँदै आएको छ ।

सेवा सुरु गरेको छोटो समयमा राम्रो बजार विस्तार गरेको उपायः सीटीले आफ्नो सेवालाई थप प्रभावकारी र देशव्यापी विस्तार गर्ने योजनाका साथ नयाँ लगानी भित्र्याएको हो । ‘यो लगानीले कम्पनीलाई व्यवसाय विस्तारमा सहयोग पुग्नेछ,’ कम्पनीले भनेको छ, ‘ईकमर्स, कृषि लगायतमा आवश्यक पर्ने डसाना तथा ठुला डेलिभरी सर्भिसलाई विश्वासिलो बनाउन समेत उपायोगी हुनेछ ।’

हाल कम्पनीले काठमाडौ, बुटवल, बिराटनगर, पोखरामा आफ्नो सेवा उपल्ब्ध गराउँदै आएको छ । कम्पनीले केही समय अघिमात्रै नयाँ मोबाइल एप सार्वजनिक गरेको थियो । कम्पनीले ट्रयाकिङ र अटोमेटेड भ्याट बिलको सुविधासहित क्लाइन्ट एप ल्याएको छ ।

यसमार्फत चालकले पनि एपमा नै अटोमेटिक ट्रिप नोटिफिकेसन र आफ्नो आम्दानीको जानकारी पाउने हुँदा क्लाइन्ट र चालक दुवैले एपमार्फत नै सजिलै काम (ट्रिप) गर्न सक्ने व्यवस्था कम्पनीले मिलाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१