close

आउँदो मंगलबारदेखि फेसबुकमा पनि पोडकास्ट सुविधा

टेकपाना टेकपाना

असार ५, २०७८ १३:०

आउँदो मंगलबारदेखि फेसबुकमा पनि पोडकास्ट सुविधा

काठमाडौं । फेसबुकले आउँदो मंगलबार पाेडकास्ट सुविधा ल्याउने भएको छ । फेसबुक एपमै पोडकास्ट सुन्न र सुनाउन सकिने गरी कम्पनीले यो फिचर ल्याउन लागेकाे हाे । अहिले सर्वाधिक रुचाइएको अडियो प्रविधि फेसबुककाे न्युज फिडमा राख्दा प्रतिस्पर्धी कम्पनीका लागि चुनाैती हुने अनुमान गरिएकाे छ ।

फेसबुकमा पोडकास्ट पेज बनाएका क्रिएटरलाइ ईमेल पठाउँदै कम्पनीले जून २२ अर्थात् आउँदो मंगलबारदेखि यो फिचर सुरू हुने जानकारी दिएको छ । तपाईंले हाल चलाइरहेको पेजमा पोडकास्ट एड गर्ने प्रक्रिया सजिलो रहेको कम्पनीले जनाएको छ ।

कुनै लिंक वा फाइल अपलोड नगरी आफूले चाहेको कुनै कार्यक्रम वा शोको आरएसएस फिड र केही सान्दर्भिक डेटा राखेर पोडकास्ट सुरु गर्न सक्ने जनाइएको छ । साथै तपाईंले कुनै पनि समयमा आफ्नो पोडकास्ट अनपब्लिस वा रिमुभ गर्न सक्नुहुनेछ ।

यदि तपाईंलाई लामो अडियोमा रुचि छ भने फेसबुकभित्रै प्रत्यक्षरुपमा पोडकास्ट सुन्ने सुविधा पाउनुहुनेछ । पोडकास्ट तपाईंको रुचिगत विषयका आधारमा देखापर्ने छन्, जसलाई सामाजिक सञ्जालभित्रका अन्य सामग्रीलाई जसरी शेयर तथा कमेन्ट गर्न सकिन्छ । फेसबुक पेजमा अडियो पोस्ट गरेपछि फलोअरले नोटिफिकेसन पाउने बताइएकाे छ ।

क्रिएटरले फेसबुकमा पोडकास्ट सुरू गर्न कम्पनीको टर्म्स अफ सर्भिस स्वीकार गर्नुपर्नेछ ।

पाेडकास्टका साथै प्रयाेगकर्ताले फेसबुकको न्युज फिडमै भ्वाइस क्लिप राख्न पाउनेछन् । यो फिचरबाट हामीले अहिलेसम्म कल्पनासमेत नगरेको एनेकडट, जोक्स, प्रेरणाका क्षण, कविता तथा अन्य धेरै कुराहरुलाई छोटो तथा अडियो क्लिपको स्वरुपमा क्याप्चर गरी फेसबुककाे न्युज फिडमा राख्न मिल्नेछ ।

वास्तवमा यी सम्पूर्ण फिचरबाट फेसबुक अहिलेको चर्चामा आएको सोसल मिडिया एप क्लबहाउस, ट्वीटर स्पेससँग प्रतिस्पर्धा गर्न चाहन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६