close

सहायक ब्राण्ड ‘डिजो’ मार्फत् आधुनिक उत्पादन ल्याउँदै रियलमी

टेकपाना टेकपाना

असार ८, २०७८ १३:३५

सहायक ब्राण्ड ‘डिजो’ मार्फत् आधुनिक उत्पादन ल्याउँदै रियलमी

काठमाडौं । चिनियाँ स्मार्टफोन कम्पनी रियलमीले सहायक ब्राण्ड ‘डिजो’ सुरुवात गर्ने भएको छ । कम्पनीले यस ब्राण्डअन्तर्गत स्मार्ट होम ग्याजेट, एक्सेसरिज लगायतका उत्पादन सार्वजनिक गर्ने तयारी गरेकाे छ ।

यसअन्तर्गत पहिलो उत्पादन आउँदो जुलाई १ मा सार्वजनिक हुने भएकाे छ । रियलमीले अघिल्लो महिनामात्रै एआईओटीमा आधारित रहेर डिजो ब्राण्डको घोषणा गरेको थियो ।

यसअघि रियलमीले फिल्पकार्टसँग सहकार्यसमेत गरेको थियो । फिल्पकार्टमा रियलमीका उत्पादन विशेषरुपमा उपलब्ध गराउने सहमति भएको छ । याे सहमतिपछि कम्पनीले नयाँ ब्राण्डका उत्पादन पनि फिल्पकार्टबाटै बजारमा उपलब्ध गराउने अनुमान गरिएकाे छ ।

जुलाई १ मा के–के सार्वजनिक हुनेछ भन्ने विषय बाहिर आएको छैन । तर, हालसम्म प्राप्त जानकारीअनुसार उक्त ब्राण्डमा यसअघि रियलमीले ल्याएको बड्स एयर २, बड्स क्यू तथा वाच २ लगायतका एक्सेसरिजलाई रि–ब्राण्ड गरिनेछ ।

त्यस्तै ब्लुटुथ स्पिकर, टीडब्लूएस हेडफोन, भ्याक्युम रोबट तथा दुई वटा फिचर फोनसमेत सार्वजनिक हुनसक्ने अनुमान गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६