close

टेलिकमको मोबाइल नेटवर्कमा समस्या

टेकपाना टेकपाना

असार ९, २०७८ ८:५

टेलिकमको मोबाइल नेटवर्कमा समस्या

काठमाडौं । नेपाल टेलिकमको मोबाइल सेवामा प्राविधिक समस्या देखिएको छ । बुधवार बिहानदेखि काठमाण्डाैसहित देशभर पोष्टपेड र प्रिपेड मोबाइल नम्बरमा फोन नलाग्ने समस्या देखिएको हो ।

टेलिकमका अनुसार अहिले समस्या समाधानका लागि प्रयास भइरहेको छ । तर समस्याको कारण पहिचान हुन नसक्दा समाधानमा ढिलाइ भइरहेको छ । मोबाइल सेवामा देखिएको समस्याका कारण देशभरका सेवाग्राही मर्कामा परेका छन् ।

यसअघि पनि बेला बेलामा टेलिकमको मोबाइल तथा इन्टरनेट सेवामा समस्या देखिँदै आएको छ । खासगरी टेलिकमको मोबाइल सेवामा आउने कल (इनकमिङ कल) मा समस्या देखिएको हो ।

तर टेलिकमको भीओएलटीई-भीओएलटीई, भीओएलटीई-मोबाइल, मोबाइलबाट-एनसेल नेटवर्कमा भने कल लाग्ने गरेको छ । मोबाइल नेटवर्कमा हरेक ३० मिलि सेकेन्डमा प्रयोगकर्ताको लोकेसन अपडेट हुने गर्दछ । एचएलआर सिस्टममा समस्या आउँदा प्रयोगकर्ताको लोकेसन ट्रेस हुन नसकेको टेलिकमका प्रबन्ध निर्देशक डिल्लिराम अधिकारीले जानकारी दिए ।

‘लोकेसन ट्रेस हुन नसक्दा मोबाइल नलाग्ने समस्या देखिएको हो,’ उनले भने, ‘समस्या देखिएसँगै प्राविधिक टिमले लगातार रुपमा समाधानको प्रयास गरिरहेको छ । सकेसम्म चाँडो नेटवर्क सुचारु हुने अपेक्षा गरिरहेका छौं । ‘

अपडेटः नेटवर्कमा समस्या आएको केही समयपछि टेलिकमको मोबाइल सेवा पुनः सुचारु भएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६