close

पूर्ण रुपमा सुचारु भयो वर्डलिङ्कको इन्टरनेट सेवा

टेकपाना टेकपाना

असार ९, २०७८ १९:७

पूर्ण रुपमा सुचारु भयो वर्डलिङ्कको इन्टरनेट सेवा

काठमाडौं । बुधबार समस्या देखिँदा अवरुद्ध हुन पुगेको वर्डलिङ्क कम्युनिकेसन्स लिमिटेडको सेवा सुचारु भएको छ । इन्टरनेट गेटवेमा समस्या आउँदा कम्पनीको इन्टरनेट सेवा एक घण्टाजति अवरुद्ध हुन पुगेको थियो ।

मुख्य इन्टरनेट गेट-वे राउटर नै डाउन हुँदा नेपालभरको अन्तर्राष्ट्रिय ब्याण्डविथमा समस्या देखिएको थियो । कम्पनीका अनुसार बुधबार दिउँसो ३ः५५ देखि सेवामा समस्या देखिन थालेकोमा ४ः५५ मा आंशिक रुपमा सुचारु भएको थियो भने ५ः२० देखि पूर्ण रुपमा सेवा पुनःस्थापित भएको हो ।

कम्पनीले अझै कुनै किसिमको समस्या महसुस गरिरहेको भए कम्पनीको एप तथा ई-सर्भिसमार्फत गुनासो टिपाउन आग्रह गरेको छ । इन्टरनेटमा एक्कासी समस्या आउँदा कम्पनीको कल सेन्टरमा सपोर्टका लागि एक्कासी धेरै कल आएको बताइएको छ । कम्पनीले सेवामा समस्या देखिँदा पर्न गएको असुविधाप्रति क्षमायाचना समेत गरेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६