close

के मोबाइल फोनले क्यान्सरको जोखिम निम्त्याउँछ ?

टेकपाना टेकपाना

असार ११, २०७८ ११:१०

के मोबाइल फोनले क्यान्सरको जोखिम निम्त्याउँछ ?

काठमाडाैं । मोबाइल फोन धेरै प्रयोग गर्दा स्वास्थ्यमा नराम्रो असर पर्ने बताइन्छ । मोबाइल फोनको रेडियसनसँग नजिक हुदाँ यसले क्यान्सरजस्तो प्राणघातक रोगको खतरा उत्पन्न गराउने आम धारणा पनि छ । 

तर वास्तविकता के हो त ? यसको रेडियसनले स्वास्थ्यमा साँच्चै असर पार्छ त ? तपाईंको स्मार्टफोन साँच्चै तपाईंको जीवनको लागि प्राणघातक छ ? वा यो कुनै सामान्य कुरालाई अतिरञ्जित गरिएको मात्र हो ?

‘क्यान्सर’ तथा ‘प्राणघातक’ भन्ने बित्तिकै मानिसहरुमा ‘रेडियसन’ प्रति त्रासको भाव पैदा हुन्छ । केही रेडियसनले कोशिका तथा डीएनएलाई क्षति पुर्‍याउँछ । जसले क्यान्सरको खतरा समेत निम्त्याउँछ । 

आखिर के हो त रेडियसन ?

रेडियसन भनेको वरिपरीको वातावरणमा उत्सर्जन भएका ऊर्जा तरंगहरु हुन् । मोबाइल फोनको हकमा रेडियसनको कुरा गर्दा ‘इलेक्ट्रोम्याग्नेटिक रेडियसन’ भन्ने बुझिन्छ । यसरी हेर्दा क्यान्सर उत्पन्न गराउने अल्ट्रा भायोलेट अर्थात् युभी रेडियसन पनि इलेक्ट्रोम्याग्नेटिक रेडियसन नै हो । यसकारण पनि धेरै मानिसहरु मोबाइल फोनको रेडियसनलाई क्यान्सरसँग जोडेर हेर्ने गर्छन् । 

घामबाट आउने अल्ट्रा भायोलेट किरणले जब छालालाई छेडेर डीएनए रहेको सेलभित्रको स्थानमा पुग्छ तब क्यान्सर उत्पन्न गराउँछ । समयसँगै यसले डीएनएमा असर गर्छ र कोशिका नै प्रभावित बन्छ । शरीरमा नयाँ कोशिका उत्पादन गर्न डीएनएको विशेष भूमिका हुन्छ ।

तर डीएनएमा नै क्षति पुगेपछि नयाँ बन्ने कोशिका पनि दुषित हुन्छन् । यसरी दुषित कोशहरु बढ्दै गएपछि यसले गम्भीर स्वास्थ समस्या निम्त्याउँछ । 

तर हामीले थाहा पाउनुपर्ने कुरा के हो भने मोबाइलफोनबाट उत्सर्जन हुने युभी रेज फरक हो । एक्स रे, युभी रेज तथा विभिन्न किसिमका हानिकारक रेडियसनलाई आयोनाइज गरिएको हुन्छ भने मोबाइल फोन तथा डेस्क ल्याम्पहरुमा प्रयोग हुने रेडियसनलाई आयोनाइज गरिएको हुँदैन । 

यसकारण अधिकांश वैज्ञानिक तथा विज्ञहरु मोबाइलबाट उत्सर्जन हुने रेडियसन घरको रेडियटर जस्तो हुने र यससँग डराउनु नपर्ने बताउँछन् । 

सेलफोनको रेडियसन इलेक्ट्रोम्याग्नेटिक रेडियसन हो । जसलाई रेडियोफ्रिक्वेन्सी इलेक्ट्रोम्याग्नेटिक रेडियसन आरएफ ईएमआर भनिन्छ । यो कारको एमएम ट्युनर, बेबी मोनिटर, वाईफाई कनेक्सनमा पाइने जस्तो रेडियसन हो, जसको कुनै खतरा हुँदैन । 

विज्ञहरुका अनुसार मोबाइल फोनबाट उत्सर्जन हुने इलेक्ट्रोम्याग्नेटिक रेडियसन सुरक्षित हुन्छ । तपाईं जब एफएम रेडियो चलाउनुहुन्छ, तब १५० देखि ९ सय मेगाहर्ज फ्रिक्वेन्सी प्रशारण हुन्छ । एएम रेडियोले अझै कम फ्रिक्वेन्सी २ मेगाहजमा काम गर्छ । फ्रिक्वेन्सी तरंगहरु जति सुस्त हुन्छन्, तिनीहरुले ठोस पदार्थलाई छेडेर जानसक्ने शक्ति त्यत्ति नै कम हुन्छ । 

उच्च फ्रिक्वेन्सीले ठोस बस्तुहरुलाई सजिलै छेडेर जानसक्छ । उदाहरणका लागि एक्स-रे पनि छाला छेडेर जानसक्छ । तर हाड छेड्न सक्दैन । मोबाइल फोनको कुरा गर्दा जीएसएम मापदण्ड प्रयोग गर्दा फोनले ९ सयदेखि १९ सय मेगाहर्जबीचको ब्याण्ड प्रयोग गर्छ ।

यस अलावा फोरजी डेटा कनेक्सनले करिब १ देखि २ गिगाहजसम्मको उच्च फ्रिक्वेन्सी प्रयोग गर्छ । फाइभजीमा भने १८ देखि २४ गिगाहर्जसम्म फ्रिक्वेन्सी स्पिड प्रयोग भएको हुन्छ । अवस्था अनुसार फाइभजीले कम फ्रिक्वेन्सीमा पनि काम गर्न सक्छ । 

यसको अर्थ स्मार्टफोनको फ्रिक्वेन्सी क्यान्सर उत्पन्न गराउने स्थितिमा पुग्न अझै धेरै वर्ष बाँकी छ । अल्ट्राभायोलेट लाइटमा ८ सय टेराहर्जसम्मको फ्रिन्वेन्सी हुन्छ । युभी रेज तथा एक्सरेजमा लामो समयसम्म बस्दा यसले छालालाई छेडेर कोशिकामा डीएनएको संरचनालाई नै बदली दिनसक्छ ।

सानोतिनो फ्रिक्वेन्सीले यस किसिमको हानी पुर्‍याउन सक्दैन । यसकारण बत्ती, रेडियो र सेलफोनबाट क्यान्सर उत्पन्न हुने कुनै खतरा रहँदैन ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३६