close

अराजकता फैलाएको भन्दै पाकिस्तानमा टिकटकमाथि पुनः प्रतिबन्ध

टेकपाना टेकपाना

असार १५, २०७८ १८:४३

अराजकता फैलाएको भन्दै पाकिस्तानमा टिकटकमाथि पुनः प्रतिबन्ध

काठमाडौं । पाकिस्तानमा टिकटकमाथि पुनः प्रतिबन्ध लगाइएको छ । त्यहाँको उच्च अदालतले टिकटक एपलाई प्रतिबन्ध लगाउन आदेश दिएको हो ।

अराजकता फैलाउने काम गरेको भन्दै अदालतले अस्थायी रूपमा टिकटक प्रतिबन्ध गर्ने निर्णय गरेको बताइएकाे छ । तीन महिना अघिमात्रै पाकिस्तानले टिकटकमाथिको प्रतिबन्ध फुकुवा गरेको थियो ।

अदालतले पाकिस्तानको दूरसञ्चार क्षेत्रको नियामक निकाय पाकिस्तान दूरसञ्चार प्राधिकरणलाई पत्र पठाएर प्रतिबन्ध गर्न निर्देशन दिएको छ । सो निर्देशनअनुसार टिकटकलाई आउँदो जुलाई ८ तारिखसम्म प्रतिबन्द्ध गर्न भनिएको छ ।

उक्त समयमा टिकटकको तर्फबाट राय संकलन गरी त्यसका आधारमा थप प्रतिबन्ध लगाउने अथवा फुकुवा गर्ने भन्ने विषयमा निर्णय हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५