close

स्मार्ट टेलिकमको ऐतिहासिक अफर, दुई मिनेटपछि सबै कल निःशुल्क

टेकपाना टेकपाना

असार १७, २०७८ ११:१९

स्मार्ट टेलिकमको ऐतिहासिक अफर, दुई मिनेटपछि सबै कल निःशुल्क

काठमाडौं । देशको तेस्रो ठूलो दूरसञ्चार सेवाप्रदायक कम्पनी स्मार्ट टेलिकमले प्रयोगकर्तालाई लक्षित गर्दै ऐतिहासिक अफर ‘दुईपछि फ्री’ सञ्चालनमा ल्याएको छ । जसअन्तर्गत स्मार्टबाट स्मार्टकै नेटवर्कमा फोन गर्दा अब प्रयोगकर्ताले पहिलो दुई मिनेटको मात्रै शुल्क बुझाउँदा हुने भएको छ ।

यसको अर्थ अब पहिलो दुई मिनेटको शुल्क मुख्य ब्यालेन्सबाट काटिने छ भने त्यसपश्चातको बाँकी कुराकानी निःशुल्क रुपमा गर्न सकिने भएको छ । कम्पनीले लकडाउनद्वारा सृजित कठिन परिस्थितिमा आफ्ना प्रयोगकतालाई उत्साह र उमंग प्रदान गर्ने योजनाका साथ याे अफर ल्याएको जनाएको छ ।

योसँगै स्मार्ट प्रयोगकर्ताले आफ्ना परिवारजन, आफन्तजन तथा साथीभाइसँग दुई मिनेटको शुल्क तिरेर लामो समयसम्म कुराकानी गर्न सक्नेछन् । यस अफरले आफ्ना प्रयोगकर्ताहरुसँगको सम्बन्ध अझ सहज र सबल बनाउने विश्वस स्मार्टले लिएको छ ।

त्यतिमात्रै नभएर यस अफरले आफ्ना प्रयोगकर्ताको व्यावासायिक, सामााजिक तथा व्यक्तिगत जिवनमा समेत टेवा पुग्ने अपेक्षा कम्पनीको रहेको छ ।

‘नेटवर्क जसले दिन्छ तपाईंलाई धेरै’ भन्ने नाराका साथ अघि बढिरहेको स्मार्टले आम उपभोक्ताको सञ्चारसँगको असीमित पहुँचलाई बढवा दिन यो योजना अघि बढाएको हो । यो योजना प्रयोगका लागि स्मार्ट प्रयोगकर्ताले *१४१*१*५*१# डायल गरी सेवा सुचारू गर्नसक्ने छन् ।

आफ्ना ग्राहकहरुलाई बढीभन्दा बढी सुविधा दिन सदैव तत्पर रहेको कम्पनीले जनाएको छ ।

स्मार्ट टेलिकमले विगतका समयमा पनि आफ्ना ग्राहकलाई डेटा तथा भ्वाइस प्याकमा विभिन्न धेरै सुविधा दिदैं आएको छ । ग्राहकहरुले थप जानकारीको लागि १४२४२/९६११००४२४२ मा सम्पर्क गर्न सकिने कम्पनीले जनाएको छ ।

अपडेट : सिस्टममा समस्या देखिएकाले केही बेरमा यो सेवा सुचारू हुने कम्पनीले जानकारी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५