close

साँच्चै कस्तो हुन्छ होला सिक्सजी ?

टेकपाना टेकपाना

असार १९, २०७८ १७:२

साँच्चै कस्तो हुन्छ होला सिक्सजी ?

काठमाडौं । विश्वभरका मोबाइल सेवाप्रदायकहरू फाइभजी सार्वजनिक गर्ने र त्यसको विस्तारमा केन्द्रित हुने होडमा छन् । तीन वटा ठूला सेवाप्रदायकले अमेरिकामा राष्ट्रव्यापी फाइभजी कभरेज उपलब्ध गराइसकेका छन् ।

फाइभजी ‘कम्प्याटिबल’ स्मार्टफोन एकपछि अर्को गर्दै सस्तो हुँदैछन् । यसरी अर्को पुस्ता (नेक्स्ट जेनेरेसन) को वायरलेस प्रविधि तीव्र रुपमा परिपक्व भइरहेको छ । यस्तोमा अब अर्कोभन्दा अर्को पुस्ताको (नेक्स्ट-नेक्स्ट-जेनेरेसन) वायरलेस प्रविधिको कुरा गरौं । हो, सिक्सजीको कुरा ।

हरेक वायरलेसको पुस्ता अन्त्य करिब एक दशकको अवधिमा हुने गरेको छ । त्यसैले सिक्सजी वास्तविकता हुने कुराका लागि अझ निकै लामो दूरी तय गर्न बाँकी छ । हुनसक्छ, सन् २०२९ सम्म हामीले यसको तैनाथको बारेमा केही संकेत पाउन सक्छौं ।

वायरलेस अनुसन्धानकर्ताले यसको सम्भाव्यताको बारेमा के सोचिरहेका छन्, भन्ने विषयमा चर्चा गर्नु सान्दर्भिक नै हुन्छ । सिक्सजी विकास भइसकेपछि फाइभजी सँगसँगै नरहन पनि सक्छ । यसै साता मोबाइल वर्ल्ड कंग्रेसमा वायरलेसका कार्यकारी तथा अनुसन्धानकर्ताहरूले ‘फाइभजी एड्भान्स’ (उन्नतस्तरको फाइभजी) को विषयमा विचार विमर्श गरेका थिए । 

जुन निकट भविष्यमा तपाईंको नजिकै आउँदै छ। उक्त छलफलमा  क्वालकमको इन्जिनियरिङका वरिष्ठ निर्देशक तिङ्गफाङसमेत सहभागी थिए । कम्पनीमा फाइभजी अनुसन्धान प्रमुखसमेत रहेका उनीसँग ८०० भन्दा बढी प्याटेन्ट छन् । उनै जिले फाइभजी एडभान्स र सिक्सजी प्रविधि कस्तो हुनसक्छ भन्ने विषमा प्रस्तुति दिएका थिए । 

सिक्सजीले महसुस (सेन्स) गर्नेछ तपाईंको परिवेश

भविष्यको बारेमा कुरा गर्दा पछाडि फर्किएर हेर्नु पनि महत्वपूर्ण कुरा हुन्छ । फोरजीमा जाँदै गर्दा स्पिड निकै धेरै फास्ट भएको देख्यौं । अब अहिले फाइभजीले अनेकौं उपकरणलाई कनेक्टिभिटी प्रदान गर्नुका साथै स्पिडमा नयाँ किसिमको मापदण्ड तय गर्दैछ । खासगरी सहरी केन्द्र तथा ठूला ठूला फुटबल स्टेडियमहरूमा कनेक्टिभिटीका लागि यो महत्वपूर्ण छ ।

यस्तोमा सिक्सजीले अझ उच्च स्पिड उपलब्ध गराउनेमा त कुनै शंका छैन । त्यससँगै एउटा मुख्य उपलब्धि भनेको रेडियो तरङ्गलाई तपाईंको वरिपरिको वातावरण सेन्स (महसुस) गर्नेदेखि पानीजहाजको जानकारीमा हुनेछ । जीपीएस उपकरणबाट तपाईंको लोकेसन पहिचान गर्ने जस्तो फोनको रेडियो गतिविधि फाइभजीमा हुन थालिसकेको छ ।

सिक्सजीको सहयोगमा तपाईंको फोनले भौतिक संसार र डिजिटल संसारलाई जोड्न तपाईंको वरिपरि भएका उपकरणहरू पहिचान गर्न सक्नेछ । अग्मेन्टेड रियालिटीका आकर्षक डेमोको रुपमा भन्नुपर्दा जब तपाईं कुनै रेस्टुरेन्टतर्फ हेर्नु हुनेछ, त्यतिखेर तपाईंको चस्माको स्क्रिनमा एउटा डिजिटल मेनु पपिङ अप हुनेछ ।

सिक्सजीले यसलाई समेत वास्तविकतामा रुपान्तरण गर्न सक्छ । एप्पलले यसअघि देखि नै आफ्नो डिभाइसको नेटवर्कमा ब्लुटुथ इम्बेड गर्न थालिसकेको छ । जसले प्रयोगकर्तालाई यसको एयरट्यागको सहयोगमा वस्तुहरू ट्रयाक गर्ने अनुमति दिन्छ । तर जिको भनाइमा सिक्सजी अनुभव राडारको भन्दा पनि बढी हुनेछ । जसले उपकरणहरूबीच थप अन्तरक्रिया गर्ने परिस्थिति बन्नेछ ।

‘तपाईंले वास्तविक रुपमा नै वातावरणलाई महसुस (सेन्स) गर्न सक्नुहुनेछ, त्यसैले यो अझ शक्तिशाली हुनसक्छ,’ जिले भनेका छन् । सिक्सजीसँगै नयाँ स्पेक्ट्रम ब्याण्डको खोजी समेत भइरहेको छ । दूरसञ्चार सेवाप्रदायकहरू गिगाहर्ज फ्रिक्वेन्सी आत्मसाथ गरिरहेका छन् । जसले एउटा निश्चित दूरीसम्म फाइबर ल्यान्डलाइन कनेक्सनसँग तुलना गर्न सकिने स्तरको उच्च गति दिनसक्छ ।

जिले आफूहरू टेराहर्ज स्पेक्ट्रमतर्फ नजर राखिरहेको बताए । जुन गिगाहर्जको तुलनामा एक हजार गुणा बढी फास्ट फ्रिक्वेन्सीमा सञ्चालन हुने गर्दछ । त्यसो त गिगाहर्ज आफैँमा मेगाहर्जको तुलनामा हजार गुणा फास्ट हो । यहाँनिर ध्यान दिनुपर्ने महत्वपूर्ण विषय के छ भने फ्रिक्वेन्सीले प्रत्यक्ष अथवा सोझो रुपमा स्पिडलाई जनाउँदैन ।

तर यसले तपाईंलाई सिक्सजीमा कतिसम्म थप क्षमता प्राप्त गर्न सकिन्छ भन्ने कुराको महसुस गराउन सक्छ । नेक्स्ट-नेक्स्ट-जेनेरेसन प्रविधिले हालको गिगाहर्ज स्पेक्ट्रममा रहेको दुविधा समेत समाधान गर्न सक्छ । सम्भवतः यसले  फराकिलो र उच्च क्षमता दुवैलाई सम्बोधन गर्न सक्छ । जुन गिगाहर्जमा एक अर्काको ठीक विपरित हुने गरेको छ ।

‘हामी त्यससँगै मौलिक किसिमका नयाँ प्रविधिहरु समेत ल्याउन चाहन्छौँ,’ उनले भनेका छन्, ‘यस्तो केही छ, जसमा हामी निकै उत्साहपूर्वक काम गरिरहेका छौं ।’ 

के हो फाइभजी एड्भान्स ? 

सिक्सजीमा भर्खर काम हुन थालेको छ । ठीक अहिलेको समयमा भन्नुपर्दा यो सोच र लक्ष्यको संग्रहभन्दा अलिकति बढी मात्र हो । फाइभजी एड्भान्सले भने केही हदसम्म ठोस रूप लिइसकेको छ । फाइभजीको परिष्कृत संस्करण अबको दुई अढाई वर्षमै आउन सक्छ ।

तर त्यसमा के सुधार तथा नयाँ फिचर आउन सक्छन् भन्ने कुरा थाहा भइसकेको छैन । उद्योग क्षेत्रको गतिविधिले त्यसको तस्वीर प्रष्ट हुँदै जानेछ । ‘फाइभजी एड्भान्सले हामीलाई फाइभजीभित्र रहेका मौलिकतालाई बाहिर ल्याउने दोस्रो मौका दिनेछ,’ जिले भनेका छन् ।

यसका लागि अनुसन्धानकर्ताहरूले विभिन्न ५० वटा क्षेत्रलाई नियालिरहेका छन् । तर त्यसलाई २० वटामा सीमित गर्ने प्रयास भइरहेको छ । क्वालकमले इन्टरनेट अफ थिङ्स (आईओटी) लाई सही तरिकाले परिचालन गर्न मसिन लर्निङलाई फाइभजीमा समाविष्ट गर्ने प्रस्ताव गरेको छ ।

साथै उसले पूर्णरुपमा ‘डुप्लेक्स रेडियो’ प्रयोग गर्ने प्रस्ताव समेत राखेको छ । जसमा दुवैतर्फबाट एकअर्कासँग एकपछि अर्को गर्दै लगातार रुपमा सञ्चार गर्न सकिन्छ । यो एक प्रकारले एकोहोरो ट्राफिक हो । 

-एजेन्सीकाे सहयाेगमा ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३