close

चिप उत्पादक कम्पनीमा ह्वावेको लगानी

टेकपाना टेकपाना

असार २०, २०७८ १७:४०

चिप उत्पादक कम्पनीमा ह्वावेको लगानी

काठमाडौं । चीनको सांघाइमा रहेको चिप निर्माता कम्पनी आकासी माइक्रो इलेक्ट्रोनिक्स टेक्नोलोजीमा औद्योगिक तथा व्यवसायिक परिवर्तन आएको छ । इन्टरप्राइज चेक एपका अनुसार याे कम्पनीकाे लगानीकर्तामा हब्बल टेक्नोलोजी इन्भेस्टमेन्ट कम्पनी थप भएको छ ।

हेर्दा नयाँ कम्पनी भएता पनि हब्बल टेक्नोलोजी ह्वावे इन्भेस्टमेन्ट होल्डिङको शतप्रतिशत लगानी रहेको कम्पनी हो । यसको अर्थ ह्वावे अब आकासी माइक्रो इलेक्ट्रोनिक्स टेक्नोलोजी कम्पनीको शेयरहोल्डर बनेको छ ।

इन्टरप्राइज चेकका अनुसार सन् २०२० मा स्थापित आकासी माइक्रो इलेक्ट्रोनिक्स टेक्नोलोजीले प्रविधि विकास, प्राविधिक परामर्श, प्राविधिक सेवा, प्रविधि ट्रान्सफर, सफ्टवेयर निर्माण तथा बिक्री, इन्ट्रिगेटेड सर्किट चिप्सको प्रडक्सन तथा डिजाइन लगायतकाे काम गर्दै आएको छ ।

हाल विश्वव्यापी रुपमा चिपकाे अभाव सिर्जना भइरहेको छ । भने, ह्वावेलाई अमेरिकी प्रविधिमा आधारित चिप प्रयोगमा प्रतिबन्धसमेत लगाइएको छ । यस्तोमा चीनमा आधारित चिप निर्माता कम्पनीमा ह्वावेले लगानी गरेकाे छ । आफ्नै छुट्टै चिप निर्माण कम्पनीको तयारीमा रहेको ह्वावेले अन्य कम्पनीमा पनि आफ्नो शेयर विस्तार गरिरहेको छ ।

हुन त आकासी माइक्रो इलेक्ट्रोनिक्स टेक्नोलोजीले स्मार्टफाेनका लागि आवश्यक पर्ने चिप निर्माण भने गर्दैन । तर, पनि कम्पनीले अन्य चिप बजारमा पनि आफूलाई सबल बनाउने उद्देश्यका साथ यसमा लगानी गरेको विश्लेषण गरिएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३