close

आम्दानी बढाउन एआई प्रविधि बिक्री गर्दै टिकटक

टेकपाना टेकपाना

असार २०, २०७८ १६:३९

आम्दानी बढाउन एआई प्रविधि बिक्री गर्दै टिकटक

काठमाडौं । लाेकप्रिय एप टिकटकको मुख्य कम्पनी बाइटडान्सले टिकटकका केही आर्टिफिसियल इन्टिलिजेन्स (एआई) प्रविधि बिक्री गर्न थालेको छ । कम्पनीको आम्दानीको स्रोतलाई विस्तार गर्ने क्रममा कम्पनीले टिकटकमा प्रयोग भएको एआई बिक्री गर्न थालेको हाे ।

यसका लागि यही जुन महिनामा कम्पनीले ‘बाइटप्लस’ क्वालिटी सार्वजनिक गरेको थियो, जसमा अहिले नै केही कम्पनी सहभागी भइसकेका छन् ।

जसमा पहिलो कम्पनीको रुपमा फेसनसँग सम्बन्धित अमेरिकी कम्पनी ‘गोट’ रहेको छ । भने, सिंगापुरको ट्राभल बुकिङ कम्पनी वीगो, इन्डोनेसियाको शपिङ वेबसाइट ‘चिलिबेली’ जस्ता कम्पनी यसमा सहभागी भइसकेको जनाइएको छ ।

टिकटकको एआईले प्रयोगकर्ताको रुचिअनुसारको भिडियो सजेस्ट गर्ने गरको छ । सोही एआई प्रयोग गरेर अन्य कम्पनीले पनि आफ्नो व्यवसाय बढाउन सकिने भएकाले बाइटडान्ससँग टिकटकको एआई खरिद गर्न लागेका हुन् ।

यसका साथै टिकटकको अटोमेटेड ट्रान्सलेसन सर्भिस पनि बिक्री हुन लागेकाे जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३