close

आफ्नो पहिलो फाइभजी स्मार्टफोन ल्याउँदै नोकिया

टेकपाना टेकपाना

असार २३, २०७८ ११:५

आफ्नो पहिलो फाइभजी स्मार्टफोन ल्याउँदै नोकिया

काठमाडौं । पछिल्लो समय स्मार्टफोन निर्माता कम्पनीहरूबीच फाइभजी स्मार्टफोन सार्वजनिक गर्ने होड चलिरहेको छ । यसैबीच अब नोकिया फोनको निर्माता कम्पनी एचएमडी ग्लोबलले आफ्नो पहिलो स्मार्टफोन सार्वजनिक गर्ने भएको छ ।

उक्त फोन सबैभन्दा अगाडि आउँदो ११ नोभेम्बर अघि नै चिनियाँ बजारमा उपलब्ध हुनेछ । नेपाल लगायतका अन्य देशमा कहिले आउँछ भन्ने कुरा अहिलेसम्म निश्चित भइसकेको छैन । कम्पनीले नोकिया ९.३ को नामबाट आफ्नो पहिलो फाइभजी स्मार्टफोन सार्वजनिक गर्नसक्ने अनुमान गरिएको छ ।

त्यसो त कम्पनीले आफ्नो नयाँ स्मार्टफोन सार्वजनिक हुने विषयलाई लिएर कुनै आधिकारिक मिति घोषणा गरेको छैन । चीनको आईथोम वेबसाइटबाट नोकियाको आउँदो फाइभजी स्मार्टफोनको जानकारी बाहिर आएको हो ।  

आईथोमका अनुसार नोकिया एचएमडी ग्लोबलको चिनियाँ बजारका उत्पादन व्यवस्थापक झाङ युचेङले वाइबोमा अन्तरक्रिया गर्ने क्रममा यसको जानकारी चुहाएका थिए ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३