close

चिठ्ठाको प्रलोभन देखाएर आउने फोन कलबाट सावधानी अपनाउन आग्रह

टेकपाना टेकपाना

असार २५, २०७८ ८:३७

चिठ्ठाको प्रलोभन देखाएर आउने फोन कलबाट सावधानी अपनाउन आग्रह

काठमाडाैं । पछिल्लो समय विभिन्न सामाजिक सञ्जालको दुरूपयोग गरी रकम ठगी गर्ने क्रियाकलाप बढिरहेको छ । फेसबुक, भाइबर, ह्वाट्सएप, इमोजस्ता सामाजिक सञ्जालबाट विभिन्न प्रलोभन देखाउँदै सोझा मानिसलाई ठगी गर्ने प्रवृत्ति बढेको हो । प्रहरी कार्यालयमा दिनहुँ यस्ता घटनाको उजरी टिपाउनेकाे संख्याले पनि यस्ता फ्रड बढिरहेकाे देखाउँछ ।

विभिन्न सामाजिक सञ्जालमार्फत् अनधिकृत व्यक्तिले बैंक तथा वित्तीय संस्थाका ग्राहकलाई चिठ्ठा परेको र रकम पठाउनका लागि खाता नम्बर, मोबाइल नम्बर, पासवर्ड (ओटीपी) प्राप्त गरी रकमान्तर गर्ने वा गर्न लगाउने जस्ता क्रियाकलाप भइरहेको पाइएकाे छ ।

यसैबीच एभरेष्ट बैंकले एक सूचना जारी गर्दै चिट्ठा परेको/ कर बराबरको रकम जम्मा गर्नुपर्ने फोनकलबाट सावधानी अपनाउन ग्राहकलाई आग्रह गरेको छ ।

‘विगत केहि समयदेखि नेपाल, भारत, पाकिस्तान लगायत अन्य मुलुकहरुको मोबाइल नम्बरहरुबाट विभिन्न प्रलोभन देखाउँदै एभरेष्ट बैंक लिमिटेडमा रहेको खाता नम्बरमा पैसा जम्मा गर्न लगाइएको सन्दर्भमा त्यस्ता भ्रामक एवं निराधार सूचनाहरु माथि विश्वास नगर्नु हुन सम्पूर्ण ग्राहकमा अनुरोध गर्दछौं,’ सूचनामा उल्लेख छ ।

साथै, त्यस किसिमका सूचना प्राप्त भएमा बैंकको नजिकैको शाखा कार्यालय वा नजिकको प्रहरी कार्यालयमा जानकारी गराई सचेत रहन अनुराेध गरिएकाे छ ।

सुरक्षित रूपमा यसरी प्रयाेग गर्नुहाेस् अनलाइन बैंकिङ

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३