close

डेटा माइग्रेसनका कारण नबिल बैंकको बैंकिङ सेवा बन्द

टेकपाना टेकपाना

असार २५, २०७८ २०:३

डेटा माइग्रेसनका कारण नबिल बैंकको बैंकिङ सेवा बन्द

काठमाडौं । शनिबार ६ घण्टासम्म नबिल बैंक लिमिटेडको सम्पूर्ण बैंकिङ सेवा बन्द हुने भएको छ । नबिल बैंकद्वारा युनाइटेड फाइनान्सको प्राप्ति भएकाले डेटा माइग्रेसनका लागि बिहान ५ बजेदेखि दिउँसो १२ बजेसम्म नबिल बैंकका सम्पूर्ण कारोबार बन्द हुने भएको हो ।

बैंकका मोबाइल बैंकिङ/ईबैंकिङ सेवा सेवा बन्द रहने र सोही कारण ईसेवा लोड, ईसेवाबाट नबिल बैंकको खातामा गरिने बैंक ट्रान्सफर, विथड्रल सेवा, क्रेडिट कार्डको बिल भुक्तानी र कार्ड लोड सुविधा प्रभावित हुने बैंकले जनाएको छ ।

साथै ईसेवामा कारोबारको लागि पर्याप्त रकम अगाडि नै जम्मा गर्न बैंकले अनुरोध गरेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३