close

साओमीको ६७ वाटको फास्ट चार्जर भोलि सार्वजनिक हुने

टेकपाना टेकपाना

असार २७, २०७८ १४:४८

साओमीको ६७ वाटको फास्ट चार्जर भोलि सार्वजनिक हुने

काठमाडौं । साओमीले भाेलि साेमबार नयाँ फास्ट चार्जर सार्वजनिक गर्ने भएको छ । कम्पनीले भारतीय बजारबाट सार्वजनिक गर्न लागेकाे ‘मि ६७ वाट सोनिक चार्ज ३.०’ स्मार्टफोनका अतिरिक्त ल्यापटप, ट्याब्लेट र अन्य टाइप-सी पाेर्ट सपाेर्ट गर्ने डिभाइसका लागि पनि कम्प्याटिबल रहेको बताइएकाे छ ।

बजारमा उपलब्ध हुनेमध्ये याे चार्जर कम्पनीको हालसम्मकै सबैभन्दा शक्तिशाली चार्जर भएको दाबी गरिएको छ। यसले क्वालकमको क्विक चार्ज ३.० सपोर्ट गर्छ । कम्पनीले याे चार्जरका लागि कम्प्याटिबल टाइप-सी चार्जिङ केबल पनि सँगै ल्याउनेछ ।

यसका अतिरिक्त चार्जरमा इन-बिल्ट सर्ज प्राेटेक्सनसमेत रहेकाे छ । कम्पनीका अनुसार याे चार्जरबाट ५ हजार एमएएचकाे ब्याट्री ३६ मिनेटमा फुल चार्ज हुन्छ ।

यसबीच साओमीले हालै २०० वाट क्षमता भएकाे हाइपर चार्जिङ प्रविधिकाे प्रदर्शनी समेत गरेकाे छ । जुन प्रदर्शनीमा चार्जरबाट ८ मिनेटमै स्मार्टफाेनकाे ब्याट्री फुल भएकाे देखाइएकाे छ । साथै कम्पनीले १२० वाटकाे वायरलेस चार्जर पनि ल्याएकाे छ ।

वायर्ड र वायरलेस दुवै चार्जिङ प्रविधिमा यी उपकरण हालसम्मकै उच्च क्षमताकाे मानिएकाे छ । ४ हजार एमएएच ब्याट्री क्षमता भएको साओमी मि ११ प्रो स्मार्टफाेनमा यी चार्जरकाे परीक्षण गरिएकाे थियाे ।

यसअन्तर्गत वायर्ड चार्जरबाट ८ मिनेटमै ब्याट्री फुल भएकाे थियाे भने वायरलेस चार्जरबाट १५ मिनेटमा फुल चार्ज भएकाे थियाे । १० प्रतिशत चार्ज हुन वायर्ड चार्जरबाट ४४ सेकेण्ड लागेकाे थियाे भने वायरलेस चार्जरबाट एक मिनेट समय लागेकाे थियाे ।

व्यवसायिक रूपमा यो चार्जर बजारमा कहिले उपलब्ध हुनेछ भन्ने विषयमा भने कम्पनीले कुनै जानकारी दिएको छैन ।

हालसालै साओमीसँग साझेदारी गरेको नुभोल्टा टेक्नोलोजीले व्यवसायिक उपकरणका लागि आफ्नो फास्ट चार्जिङ चिप सार्वजनिक गरेको छ । यसले संकेत गर्दछ कि स्मार्टफोन ब्रान्डहरू चाँडै नै वर्तमान मापदण्डको तुलनामा अविश्वसनीय चार्जिङ स्पिड स्पिड प्रदान गर्न सक्षम हुनेछन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३