close

यूएनडीपीको ई-लर्निङ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस

टेकपाना टेकपाना

असार ३०, २०७८ १८:३२

यूएनडीपीको ई-लर्निङ कार्यक्रममा नेपालको प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस

काठमाडौं । संयुक्त राष्ट्र विकास कार्यक्रम (यूएनडीपी) र युथ काउन्सिल इन एक्सन फर नेसन (युथ क्यान) को संयुक्त आयोजनामा हुने ‘युथ प्लस भर्चुअल एक्सचेन्ज अन ई-लर्निङ दि न्यू नर्मल’ नामक कार्यक्रमको तेस्रो अंकमा नेपाललाई प्रतिनिधित्व गर्दै स्कलर्स स्पेस सहभागी हुने भएको छ ।

बिहीवार विश्व युवा दक्षता दिवसका अवसरमा नेपाल र थाइल्याण्डका प्रतिनिधि वक्ताहरुले ई-लर्निङ विषयमा आफ्ना कार्यगत अनुभव साटासाट गर्ने कार्यक्रम रहेको छ ।

कोभिडको माहामारीबीच शैक्षिक क्षेत्रमा देखिएका चुनौतीहरुको सामना गर्न ई-लर्निङको उदाउँदो पक्षमा युवाहरुले लिएको ठोस कदम र कार्य सम्पादनलाई साँझा मञ्चमा उभ्याउनका लागि तेस्रो अंक आयोजना गरिएको हो ।

यसअन्तर्गत स्कलर्स स्पेसका वक्ताले ई-लर्निङको बदलिँदो आयामलाई फराकिलो परिचय दिँदै सीपयुक्त सिकाइ र यसबाट विविध सामाजिक समस्या समाधानमा आफ्नो भूमिकाहरू अघि सार्ने जानकारी दिइएको छ ।

साथै, सोही अंकमा थाइल्याण्डलाई प्रतिनिधित्व गर्दै हिन्ट (hint) का संथापक र नेपालबाट स्कलर्स स्पेससँगै ‘लर्निङ इन्क्लुजन’ का प्रतिनिधि पनि सहभागी हुँदै छन् । १६ देखि २९ उमेर समूहमा लक्षित कार्यक्रमलाई युथ क्यानले कार्यान्वयन गरिरहेको छ ।

उद्यमशीलता, मानसिक स्वस्थ्य, शिक्षा, जलवायु परिवर्तन, सुशासनका विषयलाई ६ अंकमा समावेश गरिने सिंगो कार्यक्रम ‘युथ प्लस भर्चुअल एक्सचेन्ज अन केभिड एक्सपिरियन्स’ ले नेपाल र थाइल्याण्डका युवासँगको सहकार्यमा यूएनडीपीको भूमिका उजागर गर्दै दिगो योजना र एक्सनमा सबैको ध्यानकर्षण गराउने उद्देश्य लिएको छ ।

तेस्रो अङ्कमा समेत अन्य अंक सरह सम्बन्धित विशेषज्ञसँग प्रत्यक्ष कुराकानी, युवा वक्ताका दृष्टिकोण सुन्ने र अन्तर्क्रिया गर्ने सत्रहरू राखिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१