close

प्राइम बैंकको खाता खल्तीसँग लिंक गर्दा एक सय रूपैयाँ बोनस

टेकपाना टेकपाना

साउन २, २०७८ ९:१७

प्राइम बैंकको खाता खल्तीसँग लिंक गर्दा एक सय रूपैयाँ बोनस

काठमाडौं । खल्ती डिजिटल वालेटले प्राइम बैंक खाता खल्तीसँग लिंक गर्दा रू. १०० बोनस प्रदान गर्ने भएको छ। एकपटक बैंक लिंक गरिसकेपछि लोड नगरी सिधै बैंकबाट भुक्तानी गर्न सरल बनाउने उद्देश्यले उक्त बोनस अफर ल्याइएको कम्पनीले जनाएको छ ।

यो बोनस अफर पहिलो पटक प्राइम बैंक अकाउन्ट खल्ती सँग लिंक गर्ने प्रयोगकर्ताहरुको हकमा मात्र लागू हुनेछ । लिंक गर्नका लागि प्रयोगकर्ताले आफ्नो खल्ती केवाईसी अनिवार्य भेरीफाई गराउनु पर्नेछ ।

त्यसैगरी प्रयोगकर्ताको खल्ती वालेट र बैंक अकाउन्टमा दाखिला गरिएको मोबाइल नम्बर एउटै हुनुपर्नेछ। उक्त लिंक गरिएको प्राइम बैंक अकाउन्टबाट खल्तीमा नि:शुल्क लोड गरी जुनसुकै बिलको भुक्तानी जुनसुकै समयमा गर्न सकिन्छ ।

यो योजना जुलाई १६ देखि ३१ तारिखसम्म खल्तीसँग प्राइम बैंक लिंक गर्ने जोकोहीलाई लागू हुनेछ ।

 प्राइम बैंक अकाउन्ट खल्तीसँग कसरी लिंक गर्ने ?

⦁ खल्तीको होम स्क्रिनमा देखाइएको ‘मोर’ अप्सनमा गई ‘लिंक बैंक अकाउन्ट’ मा ट्याप गर्ने ।

⦁ उपलब्ध बैंकहरु मध्ये ‘प्राइम बैंक’ सेलेक्ट गर्ने 

⦁ आवश्यक सबै विवरणहरु भरी “सब्मिट” बटनमा थिच्ने 

⦁ अब रजिस्टर गरिएको मोबाइलमा प्राप्त वान टाइम पासवर्ड (ओटीपी) दाखिला गरी बैंक खाता खल्तीसँग लिंक गर्नुहाेस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१