close

मेरो स्कुल एपमा ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

टेकपाना टेकपाना

साउन २, २०७८ १२:५३

मेरो स्कुल एपमा ‘प्ले एण्ड विन’ क्विज, हरेक दिन ५ हजार रुपैयाँ जित्न सकिने

काठमाडाैं । ई-लर्निङ प्लेटफर्म मेरो स्कुलले नयाँ फिचर ‘प्ले एण्ड विन’ क्विज सार्वजनिक गरेको छ । यसअन्तर्गत विभिन्न प्रश्नहरुको जवाफ दिएर दैनिक ५ हजार रुपैयाँ जित्न सकिने कम्पनीले जनाएकाे छ ।

यसका लागि पहिला गुगल प्लेस्टोरबाट ‘मेरो स्कुल’ एप डाउनलोड गरी साइन इन गर्नुपर्नेछ। त्यसपछि प्रयोगकर्ताले दैनिक क्विज खेल्न सक्नेछन् । प्रयोगकर्ताले दिइएको समयभित्र १० प्रश्नहरुको जवाफ दिनुपर्नेछ । यस बापत दैनिक ५ हजार रुपैयाँ जित्ने मौका प्राप्त हुनेछ ।

सबै प्रश्नको सही जवाफ दिनेहरुको सूचीबाट ‘लक्की ड्र’ मार्फत विजेता छनौट गरिनेछ ।

के हो ‘मेरो स्कुल’ ?
मेरो स्कुल एक ई-लर्निङ प्लेटफर्म हो, जहाँ विभिन्न प्रकारका अनलाइन कोर्ष प्राप्त गर्न सकिन्छ । ५० भन्दा बढी कोर्ष र ९ हजारभन्दा बढी भिडिओ भएको ‘मेरो स्कुल’, पढाइका लागि सहायता खोजिरहेका र विभिन्न नयाँ सीप सिक्न चाहनेहरु माझ एक लोकप्रिय प्लेटफर्म बनेको कम्पनीकाे दाबी छ ।

‘मेरो स्कुल’ले नेपालको पाठ्यक्रम विकास केन्द्रबाट निर्धारण गरिए अनुसार भिडिओ तयार गरेको छ । त्यसैले, स्कुलका विद्यार्थीहरुले अन्याैलमा परेका विषय बुझ्नका लागि गुगलको सहयता लिनुपर्ने छैन ।

स्कुलका विद्यार्थी मात्र होइन, ‘मेरो स्कुल’ले राष्ट्रिय परीक्षा बोर्डको पाठ्यक्रम र आईओईले निर्धारण गरेको इन्जिनियरिङ्ग कोर्षहरूका भिडिओ पनि उपलब्ध गराएको छ ।

‘मेरो स्कुल’ले विद्यार्थीका लागि मात्र होइन, सीप विकास गर्न चाहनेहरुका लागि पनि प्लेटफर्म निर्माण गरेको कम्पनीले जनाएकाे छ । यहाँ फोटोशप, अटोक्याड, इलुस्ट्रेटर, आफ्टर इफेक्ट्स जस्ता सिर्जनात्मक विषयका भिडिओ पनि उपलब्ध छन् ।

यसका साथै, शेयर बजार सम्बन्धी सिक्न चाहनेहरुका लागि आधारभूत र प्राविधिक विश्लेषणका भिडिओ पनि उपलब्ध छन् । यति मात्र होइन, यहाँ विभिन्न भाषाका कोर्षहरु पनि उपलब्ध छन् ।

विविध कोर्षहरु भएको ‘मेरो स्कुल’ नेपाल एप अहिले एक लोकप्रिय एप बनेको छ । हालसम्ममा १५ हजारभन्दा बढीले यस एप डाउनलोड गरिसकेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१