close

टुटल एपमा डार्क मोड

टेकपाना टेकपाना

साउन २, २०७८ १४:४१

टुटल एपमा डार्क मोड

काठमाडौं । नेपाली राइड शेयरिङ प्लेटफर्म टुटलले आफ्नो एपमा डार्क मोड फिचर थपेको छ । अब प्रयोगकर्ताले लाइट वा डार्कमध्ये आफूलाई मन परेको मोडमा एप चलाउन पाउनेछन् ।

कम्पनीले हालका लागि एन्ड्रोइड एपमा यस्तो फिचर ल्याएको जानकारी दिएकाे छ । लाेकप्रिय राइड शेयरिङ सेवाका रूपमा स्थापित टुटलमा सेवाग्राहीले बाइक र ट्याक्सीकाे सेवा लिन सक्छन् ।

भविष्यमा निजी कारसमेत राइड शेयरिङमा समेट्ने योजना कम्पनीकाे छ । पाँच वर्षअघि सुरु भएको टुटल नेपालकै पहिलो राइड शेयरिङ सर्भिस कम्पनी हो । जसको प्रविधि समेत पूर्णतः नेपालमै विकास गरिएको छ ।

टुटलको एप डाउनलोड गर्न एन्ड्रोइडका लागि यहाँ क्लिक गर्नुहोस् अनि आईओएसका लागि यहाँ क्लिक गर्नुहोस् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१