close

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिट्यान्स कारोबार सुरु

टेकपाना टेकपाना

साउन ३, २०७८ ११:४५

सिटी एक्सप्रेस मनी ट्रान्सफर र कोरोना पे युरोपबीच रेमिट्यान्स कारोबार सुरु

काठमाडाैं । साइप्रसको ख्यातिप्राप्त रेमिट्यान्स सेवाप्रदायक कोरोना पे र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच कारोबार सुरु भएको छ । साइप्रस, यूके, जर्मनी, डेनमार्क, स्पेन, इटाली र फ्रान्समा रहेका नेपालीहरुले अब कोरोना पेको सेवा प्रयोग गरी सिटी एक्सप्रेस मार्फत सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १२,००० भन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिनुका साथै छिट्टै नै नेपालको जुनसुकै बैंकको खातामा पनि रकम जम्मा गर्न सकिने बताइएकाे छ ।

सम्झौतामा सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र कोरोना पेका प्रमुख कार्यकारी अधिकृत ग्लेब कोज्लोबले हस्ताक्षर गरेका छन् ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउँदै विगत १५ वर्षदेखि संसार भरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १२,००० भन्दा बढि भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाईल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१