close

२० लाखभन्दा बढी ह्वाट्सएप अकाउन्ट ब्लक

टेकपाना टेकपाना

साउन ४, २०७८ ७:५८

२० लाखभन्दा बढी ह्वाट्सएप अकाउन्ट ब्लक

काठमाडौं । लोकप्रिय म्यासेजिङ एप ह्वाट्सएपले लाखौं प्रयोगकर्ताको अकाउन्ट ब्लक गरेको छ । नियम उल्लंघन गरेको भन्दै पछिल्लो एक महिनामा ह्वाट्सएपले २० लाख प्रयोगकर्ताको अकाउन्ट ब्लक गरेको हो ।

अटोमेटेड वा बल्क म्यासेजको अनधिकृत प्रयोग गर्ने अकाउन्टमाथि गत वर्षदेखि ह्वाट्सएपले कारबाही गर्दै आएको छ । ह्वाट्सएपमार्फत् स्प्याम, भाइरल अफवाह, फोटो लगायतका सामग्री आदानप्रदान भए एआई प्रविधिको प्रयोगमार्फत कम्पनीले त्यसमा संलग्न अकाउन्ट ब्लक गर्दै आएको छ ।

पछिल्लो समय ब्लक भएका अधिकांश अकाउन्ट भारतका छन् । भारतमा मात्रै ह्वाट्सएपका ४० करोड प्रयोगकर्ता छन् । अन्य प्रयोगकर्ता वा ग्रुपलाई स्प्याम म्यासेज फरवार्ड गर्ने, भ्रामक म्यासेज वा फोटो पठाउने अकाउन्टलाई ह्वाट्सएपले ब्लक गरेको हो ।

कम्पनीले गत २०२० को अप्रिलदेखि भ्रामक म्याजेजहरुलाई रोक्न म्यासेजमा लिमिट लगाउने घोषणा गरेको थियो ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१