close

अगस्ट ११ मा सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री

टेकपाना टेकपाना

साउन ४, २०७८ १४:१६

अगस्ट ११ मा सार्वजनिक हुँदै सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री

काठमाडौं । सामसङको नयाँ फोल्डेवल फोन ग्यालेक्सी ‘जेड फोल्ड थ्री’ आउँदो अगस्ट ११ मा सार्वजनिक हुने भएको छ । कम्पनीले अनप्याक्ड इभेन्टबाट ‘जेड फोल्ड थ्री’ सँगै जेड फ्लिप थ्री, ग्यालेक्सी वाच फाेर सिरिज र नयाँ वायरलेस इयरबड्स ल्याउने भएकाे हाे ।

याे फोल्डेवल फोनको मूल्य ग्यालेक्सी सिरिजका अन्य फोनको तुलनामा उच्च रहने छ । तर, पनि कम्पनीले ग्यालेक्सी जेड फोल्ड थ्री पूर्ववर्ती ग्यालेक्सी जेड फोल्ड टुको तुलनामा धेरै बिक्री गर्ने योजना ल्याएकाे छ ।

कम्पनीको लक्ष्य सामसङ ग्यालेक्सी जेड फोल्ड थ्री ३० लाख युनिट बिक्री गर्नु रहेको छ । भने, ग्यालेक्सी ‘जेड फ्लिप थ्री’ ४० लाख बिक्री गर्ने लक्ष्य राखिएको छ ।

यो फोल्डेबल फोनले एस पेन प्रो सपोर्ट गर्ने जनाइएको छ, जसमा अन्डर डिस्प्ले क्यामेरा रहने बताइएको छ । यो फोनको मूल्य दुई लाख रुपैयाँको हारहारीमा हुने अनुमान गरिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१