close

स्मार्टफोनमा प्रोसेसरको काम के हो ?

टेकपाना टेकपाना

साउन ४, २०७८ १८:१६

स्मार्टफोनमा प्रोसेसरको काम के हो ?

काठमाडाैं । प्रोसेसर तपाईंको स्मार्टफोनको एउटा महत्वपूर्ण पूर्जा हो । आज हामी तपाईंलाई स्मार्टफोनको प्रोसेसर के हो र यसले के काम गर्छ भन्ने कुरा विस्तृत रुपमा बताउँदै छौं । 

के हो त स्मार्टफोनको प्रोसेसर ?

स्मार्टफोनको प्रोसेसरलाई चिपसेट पनि भनिन्छ । स्मार्टफोनभित्रको यो एउटा महत्वपूर्ण पूर्जा हो, जसले फोनभित्रका सबै गतिविधिलाई नियन्त्रण गरी यसका सबै काम कारबाहीहरु सही तरिकाले भइरहेका छन् भन्ने कुराको सुनिश्चितता गर्दछ ।

यसलाई तपाईं मानव मस्तिष्कसँग तुलना गर्न सक्नुहुन्छ । तपाईंले स्मार्टफोनमा गर्ने हरेक काम सिधै प्रोसेसरमा जान्छ । त्यसपश्चात यसले तपाईंको स्क्रिनमा भिजुअल परिवर्तनहरु ल्याउँछ । यी सबै काम आधा मिलिसेकेण्डमा हुन्छ । 

स्मार्टफोनको प्रोसेसरले कसरी काम गर्छ ?

जब तपाईं एपमा कुनै तस्वीर खोल्नुहुन्छ भने तपाईंको क्रियाकलापलाई प्रोसेसरले डिभाइसको मेमोरीमा रजिस्टर र स्टोर गर्दछ । यसलाई ‘फेचको चरण’ भनिन्छ । त्यसपश्चात यस्तो क्रियाकलाप वान र जेरोमा डोकेड चरणमा अनुवाद हुन्छ ।

अब यी इन्स्ट्रक्सनहरु तपाईंको स्मार्टफोनले बुझ्ने भाषामा सेभ हुन्छ र एक्जिक्यूट चरणका लागि तयार हुन्छ । प्रोसेसरले जिरो र वानलाई ट्रान्समिट्स गरिदिन्छ र यी सबै भइरहेको तपाईंले आफ्नो स्क्रिनमा देख्न सक्नुहुन्छ । तपाईंको पिक्चर अब स्क्रिनमा खुल्छ । अन्तत: एक्जिक्यूट इन्स्ट्रक्सनहरु सेभ चरणमा रजिस्टर मेमोरीमा सेभ हुन्छन् । त्यसपछि प्रक्रिया पुन: रिस्टार्ट हुन्छ । 

प्रोसेसरको गतिलाई केले निर्धारण गर्छ ?

प्रोसेसरले कुनै पनि कामललाई कतिको स्पिडमा प्रोसेस गर्छ भन्ने कुरा धेरै तत्वहरुमा निर्भर हुन्छ । जस्तै प्रोसेसर कोरको संख्या । यस्तै ‘क्लक स्पिड’ पनि एउटा महत्वपूर्ण पाटो हो । क्लक स्पिड कम र प्रोसेसर कोर संख्या कम भएका प्रोसेसरहरुले ढिलो काम गर्छन् । यस्तै उच्च गतिको क्लक स्पिड तथा प्रोसेसर कोर संख्या धेरै भएको प्रोसेसरले चाँडाे काम गर्छन् ।

के हो त क्लक स्पिड ?

प्रोसेसरले एक सेकेण्डमा कति इन्स्ट्रक्सनलाई कार्यान्वयन गर्न सक्छ, त्यो कुरा क्लक स्पिडले निर्धारण गर्दछ । १ गिगाहर्ज क्लक स्पिड भएको प्रोसेसरले एक सेकेण्डमा एक अर्ब इन्स्ट्रक्सनहरुलाई प्रोसेस गर्न सक्छ ।

फास्ट फोनहरुका लागि उच्च गतिको क्लक स्पिड राख्ने गरिन्छ । सस्तो फोनको तुलनामा महङ्गा फोनहरुको प्रोसेसर कोरमा धेरै क्लिक स्पिड हुन्छ । 

के हो त प्रोसेसर कोर ?

सीपीयू पनि भनिने प्रोसेसरमा धेरै कोरहरु हुन्छन्: डुअल, क्वाड, हेक्जा र अक्टाकोर । यी कोरहरुले के काम गर्छन् त ? फोन प्रयोग गरिरहँदा आइलाग्ने कामरु प्रोसेसर कोरले वितरण गर्दछ । एउटा कोरमा अधिकतम संख्यामा इन्स्ट्रक्सन हुन्छन्, जसलाई यसले निश्चित समयभित्रमा प्रोसेस गर्दछ ।

यदि तपाईंले स्मार्टफोनमा एकैपटकमा धेरै काम गर्न खोज्नुभयो भने एउटा लाइन बन्छ । यदि यो लाइन एकदमै लामो बन्यो भने यसका भागहरु एकअर्को कोरतिर सर्छन् । यसले गर्दा नै स्मार्टफोनले सुमधुर तरिकाले काम गर्न सक्छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१