close

आजबाट ह्वाट्सएपमा नयाँ फिचर, अब चलिरहेको कलको बीचमा नयाँ व्यक्तिलाई जोड्न मिल्ने

टेकपाना टेकपाना

साउन ४, २०७८ २२:८

आजबाट ह्वाट्सएपमा नयाँ फिचर, अब चलिरहेको कलको बीचमा नयाँ व्यक्तिलाई जोड्न मिल्ने

काठमाडौं । ह्वाट्सएपले आज सोमबार नयाँ फिचर ‘ज्वाइनेबल कल’ सार्वजनिक गर्ने भएको छ । ह्वाट्सएपको प्यारेन्ट कम्पनी फेसबुकका संस्थापक मार्क जुकरबर्गले फेसबुक पोस्ट मार्फत यसको जानकारी दिएका हुन् ।

यससँगै अब चलिरहेको भिडिओ तथा अडिओ कलमा नयाँ व्यक्तिलाई जुनसुकै बखत जोड्न सकिनेछ । यसको अर्थ यदि तपाईंले कुनै ग्रुप कलमा कुरा गरिरहनु भएको छ र कुनै व्यक्ति छुटेको छ भने त्यस्तो व्यक्तिलाई बीचैमा जोड्न सक्नुहुनेछ ।

यसअघि ह्वासएपमा सुरु भएको कलमा बीचमा नयाँ व्यक्तिलाई जोड्न सकिने सुविधा रहेको थिएन । अब यो नयाँ फिचर आएसँगै कुनै पनि व्यक्तिलाई कल चलिरहँदा बीचमा जुनसुकै बखत जोड्न सकिनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५