close

नवीकरण नगरे पनि अनलाइन सञ्चारमाध्यमको सञ्चालन नरोकिने

टेकपाना टेकपाना

साउन ५, २०७८ ८:५१

नवीकरण नगरे पनि अनलाइन सञ्चारमाध्यमको सञ्चालन नरोकिने

काठमाडौं । नवीकरण नगरे पनि अनलाइन सञ्चारमाध्यमको सञ्चालन नरोकिने भएको छ । सूचना तथा प्रसारण विभागद्वारा सोमबार सूचना जारी गर्दै नवीकरण अनिवार्य गर्नुपर्ने व्यवस्था सर्वोच्च अदालतबाट खारेज भएसँगै गत आर्थिक वर्ष नवीकरण गर्न छुट भएका अनलाइन सञ्चारमाध्यमको सञ्चालनमा रोक नलाग्ने जनाएको हो ।

अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका–२०७३ बमोजिम यस विभागबाट अनलाइन सञ्चारमाध्यम दर्ता, नवीकरणलगायतका कार्य हुँदै आएको छ ।

यसै सम्बन्धमा निर्देशिकाको परिच्छेद ३ दफा ६ को उपदफा ३ मा म्यादभित्र नवीकरण नगराउने अनलाइन सञ्चारमाध्यमको सेवा प्रचलित कानुनबमोजिम रोक लगाउन सकिनेछ भनी उल्लेख भएकामा सोविरुद्ध परेको रिटमा सर्वोच्च अदालतबाट व्यवस्था खारेज भएको विभागले स्पष्ट पारेको छ ।

20210719112809

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५