close

फोनबाट ऋण लिँदा अशोकले पाए ५५ इन्चको स्मार्ट टिभी

टेकपाना टेकपाना

साउन ६, २०७८ १४:५१

फोनबाट ऋण लिँदा अशोकले पाए ५५ इन्चको स्मार्ट टिभी

काठमाडौं । फोनलोनले आफ्नो तीन हप्ता लामो ‘युरो कप विथ फोन लोन’ क्याम्पेनको विजेता घोषणा गरेको छ । यस उपहार योजनामा लक्ष्मी बैंकका ग्राहक अशोककुमार खाती विजेता बनेका छन् ।

विजेता खातीले सामसङकाे ५५ इन्चकाे स्मार्ट टिभी जिते । याे योजना असार १ देखि २३ गतेसम्म चलेको थियो भने यसमा फोनलोन सञ्जालका पाँच बैंक सहभागी भएका थिए ।

यसअन्तर्गत लक्ष्मी बैंक, कुमारी बैंक, सिटिजन बैंक, नबिल बैंक र मेगा बैंकका फोनलोनका प्रयोगकर्ता सहभागी भएका थिए । योजनामा सहभागी हुनका लागि योग्य फोनलोनका प्रयोगकर्ताले सो अवधिभित्र फोन लोनमार्फत कर्जा लिनुपर्ने थियो ।

विजेता छनौट भने फोनलोनको ‘विनर सेलेक्सन सफ्टवेरय’ द्वारा गरिएको थियो । यो योजनामार्फत फोनलोनले ग्राहकमाझ कागज र धितोरहित स्मार्ट लोन सुविधाबारे जानकार गराएको छ ।

पछिल्ला दिनमा फोनबाट ऋण लिने सुविधाप्रति आकर्षण तीव्र देखिएको छ । एफवान सफ्टले विकास गरेको फोनलोन सुविधामा बैंकिङ र कर्पोरेट क्षेत्रमा काम गर्ने व्यक्तिहरूमा तीव्र आकर्षण देखिएको एफवान सफ्टले जनाएकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५