close

अन्डर डिस्प्ले क्यामेरा र १२० वाटको फास्ट चार्जिङ सपोर्टसहित नयाँ फोन ल्याउँदै साओमी

टेकपाना टेकपाना

साउन ६, २०७८ २०:५७

अन्डर डिस्प्ले क्यामेरा र १२० वाटको फास्ट चार्जिङ सपोर्टसहित नयाँ फोन ल्याउँदै साओमी

काठमाडौं । साओमीले आगामी अगस्ट ११ मा नयाँ उत्पादन सार्वजनिक गर्ने तयारी गरेको छ । कम्पनीले सो इभेन्टबाट ‘साओमी मि मिक्स फाेर’ नामको फ्ल्यागशिप स्मार्टफोन सार्वजनिक गर्ने अनुमान गरिएको छ ।

लिक भएका केही फिचरअनुसार तेस्राे पुस्ताकाे ‘ईन-डिस्प्ले सेल्फी क्यामेरा प्रविधि’ प्रयोग गर्ने यो साओमीकै पहिलो स्मार्टफोन हुनेछ, जसबाट स्मार्टफोनले प्रयोगकर्तालाई ‘फुलस्क्रिन एक्सपिरियन्स‘ प्रदान गर्ने दाबी गरिएको छ ।

एन्ड्राेइड ११ र स्न्यापड्रागन ८८८ प्लस चिपसेटमा चल्ने फोनमा ५ हजार एमएएचकाे ब्याट्री, ६.६७ इन्चकाे फुल एचडी प्लस ओलेड डिस्प्ले लगायतका फिचर हुने चर्चा छ ।

साथै फाेनले १२० वाटको फास्ट चार्जिङ सपाेर्ट गर्ने चर्चा छ, जसमा ७० वाट वा ८० वाटकाे फास्ट वायरलेस चार्जिङ सपाेर्ट गर्ने बताइएकाे छ । साथै साओमीको पछिल्लो युजर इन्टरफेस मियूआई १३ सिस्टम हुनसक्ने अनुमान गरिएकाे छ ।

फोनमा ५० मेगापिक्सेलको प्राइमेरी सेन्सरसहित ट्रिपल रियर क्यामेरा सेटअप हुने अनुमान गरिएकाे छ । यद्यपि स्मार्टफाेनबारे कम्पनीले स्पस्ट जानकारी नदिएकाले लिक भएका फिचर सत्य हुन् या गलत, सार्वजनिक भएपछि नै थाहा हुनेछ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५