close

घरबाटै यसरी लिनुहोस् यातायातका सेवा

टेकपाना टेकपाना

साउन ९, २०७८ ८:५

घरबाटै यसरी लिनुहोस् यातायातका सेवा

काठमाडौं । बागमती प्रदेश सरकारले विद्युतीय माध्यमबाट सेवा प्रवाह गर्न शुक्रबारदेखि यातायात व्यवस्थापन सूचना प्रणाली ल्याएको छ । डिजिटल नेपाल फ्रेमकर्वको कार्यान्व्यनको लक्ष्यअनुरुप सुरु गरिएको यो प्रणालीले सेवाप्रवाहलाई छिटो, छरितो र सर्वसुलभ बनाउने अपेक्षा गरिएको छ ।

यससँगै बागमती प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालय अन्तर्गतका यातायात व्यवस्था कार्यालय तथा सेवा कार्यालयमार्फत प्रवाह हुने सेवाहरू अबदेखि यही प्रणालीमार्फत अनलाइनमा उपलब्ध भएकाे छ ।

घरबाटै मोबाइल एप वा मन्त्रालयको टीआईएमएसमा गएर विवरण हेर्न, राजस्व तिर्न, बीमा गर्न, ट्राफिक प्रहरीले माेबाइल एपबाट सेवाग्राहीकाे विवरण चेकजाँच गर्न सकिने सुविधा याे प्रणालीमा छ ।

यसरी यातायात कार्यालय नगईकन घरबाटै सेवा लिन सकिन्छ । कार्यालय जानैपर्ने अवस्थामा समेत आफूअनुकुलको समय हेरेर अनलाइन टोकन लिएर जान सकिने व्यवस्था ल्याइएकाे छ ।

घरबाटै कसरी लिने यातायातका सेवा ?

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३५