close

विजय शाहीबारे फेसबुकमा गलत सामग्री पोस्ट

टेकपाना टेकपाना

साउन १२, २०७८ २२:१५

विजय शाहीबारे फेसबुकमा गलत सामग्री पोस्ट

काठमाडौं । पछिल्लो समय युट्युव, फेसबुकलगायतका सामाजिक सञ्जालमा चर्चा भइरहेका विजय शाहीबारे मंगलबार फेसबुकमा पोस्ट भएको सामग्री गलत भएको पाइएको छ ।

काठमाडौं प्रहरी प्रमुख एसएसपी अशोक सिंहले शाहीबारे फेसबुकमा आएको सामग्री झुठो रहेको जानकारी दिँदै गलत सामग्री पोस्ट गर्नेविरुद्ध अनुसन्धान भइरहेको बताए ।

शाही कालिकोटस्थित आफ्नै घरमा भेटिएको प्रहरीले जनाएको छ । सामाजिक सञ्जालमा उनीबारे पाेस्ट भएकाे गलत सामग्री केहीबेरमै भाइरल भएकाे थियाे ।

यसअघि विजयका शिक्षक दिपकबहादुर शाहीले फेसबुकमा फोटो राख्दै अस्पताल लैजाँदा लैजाँदै विजयको निधन भएको भनेर पोस्ट गरेका थिए । यसपछि सामाजिक सञ्जालमा उनलाई श्रद्धान्जली दिँदै थुप्रै पोस्टसमेत भएको थियो ।

शाहीले आफूलाई मेमोरी किङ भन्दै सामाजिक सञ्चालमा चिनाउने गरेका छन् ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१