close

मोबाइल मनी बिजनेशमा एयरटेलले भित्र्यायो थप २४ अर्ब लगानी

टेकपाना टेकपाना

साउन १६, २०७८ १५:२२

मोबाइल मनी बिजनेशमा एयरटेलले भित्र्यायो थप २४ अर्ब लगानी

काठमाडौं । तीन महिना अघिमात्रै मोबाइल मनी बिजनेशका लागि मास्टर कार्डमार्फत १० कराेड डलर (११ अर्ब ८८ करोड रूपैयाँ) को हाराहारीमा लगानी भित्र्याएको एयरटेल अफ्रिकाले पुनः नयाँ लगानी भित्र्याएको छ ।

दूरसञ्चार सेवा उपलब्ध गराउँदै आएको कम्पनीले अफ्रिका महादेशमा मोबाइल वालेट सेवासमेत उपलब्ध गराउँदै आएको छ ।

उक्त बिजनेशका लागि कम्पनीले नयाँ लगानीको रुपमा कतार इन्भेस्टमेन्ट निकायअन्तर्गत रहेको कतार होल्डिङ्समार्फत २० कराेड डलर (२३ अर्ब ७५ करोड रूपैयाँ) भित्र्याएको हो ।

कम्पनीले एयरटेल अफ्रिकाको शेयरकै रुपमा लगानी गरेको जनाइएको छ ।

एयरटेल मोबाइल कमर्सले हाल केन्या, युगाण्डा, नाइजेरिया लगायत अफ्रिकाका १४ मुलुकमा मोबाइल मनी सेवा उपलब्ध गराउँदै आएको छ । जुन उक्त प्रान्तकै सबभन्दा ठूलो मोबाइल वालेट सेवाप्रदायक पनि हो । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१