close

टेलिग्रामको भिडिओ कलमा अब एकैपटक हजार जनासम्म जोडिन सक्ने

टेकपाना टेकपाना

साउन १७, २०७८ १२:५२

टेलिग्रामको भिडिओ कलमा अब एकैपटक हजार जनासम्म जोडिन सक्ने

काठमाडौं । म्यासेजिङ एप टेलिग्रामले भिडिओ फिचरमा उल्लेख्य परिमार्जन गरेको छ । कम्पनीले भिडियो कलमा एकैपटक हजार जनासम्म जोडिन सक्ने फिचर उपलब्ध गराएको हो ।

यसमा ३० जना प्रयोगकर्ताले भिडिओसहित जोडिन सक्नेछन् भने बाँकी उक्त कार्यक्रममा सहभागी हुन सक्नेछन् । यसको अर्थ ३० जना प्रयोगकर्ताले आफ्नो मोबाइलको क्यामेरा अन गरी भिडिओ तथा मोबाइलको स्क्रिन शेयर गर्न सक्नेछन् ।

बाँकी प्रयोगकर्ता श्राेताको रुपमा सहभागी हुनसक्ने छन् । कम्पनीले आगामी दिनमा यसको दायरालाई अझ विस्तार गरि विश्वका सबै प्रयोगकर्ता एकै पटक जोडिन सकिने बनाउने जनाएको छ ।

कम्पनीका अनुसार भिडिओ कलमा आएको परिवर्तनसँगै त्यसका अन्य फिचरमा समेत उल्लेख्य परिमार्जन गरिएको छ ।

प्रयोगकर्ताले सहज रुपमा स्क्रिन शेयर गर्न सक्ने, मल्टिपल भिडिओ प्लेब्याक स्पिड लगायतका फिचर थप भएका छन् । जुन भिडिओ कलिङ प्लेफर्म जूममा उपलब्ध फिचर भन्दा बढी रहेको दावी कम्पनीको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१