close

पानी नपस्ने पहिलो रेड्मी फोन सार्वजनिक, के के छन् फिचर ?

टेकपाना टेकपाना

साउन १९, २०७८ १०:४०

पानी नपस्ने पहिलो रेड्मी फोन सार्वजनिक, के के छन् फिचर ?

काठमाडौं । साओमीको सबब्राण्ड रेड्मीले सन् २०२१ मा रेडमी नोट १० सिरिजअन्तर्गत विभिन्न स्मार्टफोन सार्वजनिक गरिसकेकाे छ । यसैबीच कम्पनीले यो सिरिजमा नयाँ फाइभजी स्मार्टफोन थपेको छ, जसको नाम हो ‘रेड्मी नोट १० जापान एडिसन’ ।

यो फोनमा स्न्यापड्रागन ४८० फाइभजी प्रयोग भएको छ । त्यस्तै ग्राफिक्सको कुरा गर्दा यो फोनमा एड्रेनो ६१९ जीपीयू छ । अर्को महत्वपूर्ण परिवर्तन भनेको यो फोनमा वाटर र डस्ट रेसिस्ट्यान्ट आईपी६८ प्रविधि रहेको छ ।

आईपी ६८ रेटिङको अर्थ धुलो नटासिने तथा १.५ मिनेटसम्मको गहिरोमा आधा घण्टासम्म डुब्दा समेत पानी पस्दैन ।  साओमीको बजेट फोनमा पहिलो पटक यस्ताे प्रविधि दिइएको हो ।

९० हर्जको रिफेस रेटसहित ६.५ इन्च एलसीडी प्यानल (फुल एचडी प्लस), १८ वाटको वायर्ड चार्जिङ, ४८ मेगापिक्सेलको मुख्य सेन्सरसहित ट्रिपल रियर क्यामेरा, सेल्फीका लागि ८ मेगापिक्सेलको पञ्चहोल क्यामेरा लगायतका फिचर रहेका छन् ।

यो फोन एन्ड्रोइड ११ मा आधारित मियूआई १२.५ मा चल्दछ भने ४८०० एमएएचकाे ब्याट्री दिइएकाे छ ।

यो स्मार्टफोनको मूल्यबारे हाल कम्पनीले कुनै जानकारी दिएको छ । बजारमा ४/६४ जीबी भेरियन्टमा यो फोन उपलब्ध हुने जनाइएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१