close

शेयर बजारको अपडेट अब नयाँ वेबसाइटमा, पुरानो बन्द हुने दिशामा

टेकपाना टेकपाना

साउन १९, २०७८ १५:३९

शेयर बजारको अपडेट अब नयाँ वेबसाइटमा, पुरानो बन्द हुने दिशामा

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से) का सबै अपडेट अब नयाँ वेबसाइटमा मात्र उपलब्ध हुने भएका छन् । कम्पनीले पुरानो वेबसाइट बन्द गर्ने उद्देश्यका साथ नयाँ वेबसाइटलाई प्रवर्द्धन गर्न थालेको हो ।

नेप्सेका प्रवक्ता मुराहरि पराजुलीका अनुसार नेपाल स्टक डट कमको साटो अब नेपाल स्टक डटकम डटएनपीलाई व्यवस्थित गर्ने कार्य भइरहेको छ । नेप्सेले यसअघि नयाँ एक्सटेन्सनमा आधारित वेबसाइटको बेटा भर्सन सार्वजनिक गरेको थियो ।

अब आवश्यक परीक्षण सम्पन्न गरी नेपाली डोमेन नेम (डट एनपी) मा आधारित वेबसाइट पूर्ण स्वरुपमा सञ्चालनमा ल्याउन लागिएको हो । हाल नयाँ वेबसाइटमा पुराना डेटा अपलोड तथा ट्रान्सफरको काम भइरहेको नेप्सेका प्रवक्ता पराजुलीले जानकारी दिए ।

‘यो काम पूर्ण रुपमा सम्पन्न हुन करिब एक हप्ता लाग्ने अनुमान गरेका छौं,’ उनले भने, ‘त्यसपछि नेप्सेको वेबसाइट एउटै डोमेनमा सञ्चालन हुनेछ ।’ उनका अनुसार डेटा माइग्रेसकै कारण नेपाल स्टक डटकममा केही समस्या देखिएको छ । नेपाल स्टक डटकम वेबसाइट पूर्ण रुपमा बन्द गर्ने र डोमेन नेम नै त्याग्ने विषय भने अहिलेसम्म कार्यसूचीमा नरहेको कम्पनीले जनाएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१