close

दूरसञ्चारमा पर्दा पछाडिका नायक, जसले कोर्दैछन् नेटवर्क निरन्तरताको बाटो

टेकपाना टेकपाना

साउन २२, २०७८ १८:२४

दूरसञ्चारमा पर्दा पछाडिका नायक, जसले कोर्दैछन् नेटवर्क निरन्तरताको बाटो

काठमाडौं । मित्रलाल भुसाल, ह्वावे टेक्नोलोजीज् नेपालका साइट इन्जिनियर हुन् । दूरसञ्चार क्षेत्रको साइट निर्माण तथा मर्मतमा काम गर्ने भएकाले उनी धेरैजसो समय घर बाहिर अर्थात साइटतिरै हुन्छन् । किनभने कोभिड महामारीको यो समयमा धेरै मानिस घरबाटै काम गरिरहेका छन् । अनलाइन कक्षा चलिरहेका छन् । यसले गर्दा पनि दूरसञ्चार नेटवर्कको निरन्तरता सबैभन्दा महत्वपूर्ण बनेको छ ।

‘मैले दूरसञ्चार नेटवर्कको महत्वलाई बुझेको छु र त मलाई आफ्नो काम प्रति सँधै लगाव छ,’ भुसाल भन्छन्, ‘मजस्ता यहाँ धेरै छन्, जसले दिनरात नभनी काम गरिरहेका छन् । ता कि कोभिड–१९ को यो समयमा अनलाइन कक्षा, वर्क फ्रम होम, अनलाइन बिजनेस सम्भव हुन सकोस् ।’

यसरी दूरसञ्चार नेटवर्कको निरन्तरताका लागि फिल्डमा खटिने भुसाल र उनी जस्तै अन्य टिमलाई प्रोत्साहन गर्न दूरसञ्चार पूर्वाधार कम्पनी ह्वावेले पनि निरन्तर काम गरिरहेको छ । उनीहरूका लागि कम्पनीले आवश्यक पर्ने पीपीई, मास्क, सेफ्टी किट्स, स्यानिटाइजर जस्ता स्वास्थ्य सामग्री उपलब्ध गराउँदै आएको छ ।

कम्पनीको यही सहयोगका कारण पनि भुसाल जस्ता इन्जिनियर दूरसञ्चार नेटवर्कमा आफूलाई समर्पण गर्दै अरुलाई निरन्तर जोड्ने काम गरिरहेका छन् । हुन त उनीजस्ता इन्जिनियर तथा प्राविधिकको योगदानको प्रतिफल अझै पनि धेरै ठाउँमा पुग्न बाँकी छ । सामाजिक दूरी कायम गर्नुपर्ने अहिलेको समयमा एकातिर शैक्षिक संस्था बन्द छन् । जसले गर्दा अनलाइन कक्षामा सहभागी हुनुपर्ने वाध्यता छ ।

टावरमाथि चढेर काम गर्दै ह्वावेका इन्जिनियर

अनलाइन कक्षामा सहभागी हुनका लागि रामेछापका विद्यार्थी डाँडाकाँडा चढेर पढिरहेकाे घटना हामीले देख्दै, सुन्दै र भोग्दै आएका छौं । ‘मेरो घरमा दूरसञ्चार नेटवर्कले राम्रो काम गर्दैन,’ रामेछापका विवेक श्रेष्ठ भन्छन्, ‘यस्तोमा कलेजले अनलाइन कक्षा सञ्चालन गर्‍यो । कक्षामा सहभागी हुन म कयौँपटक घरमाथिको डाँडामा उक्लेको छु ।’

उनी जस्ता विद्यार्थीका यस्ता परिस्थितिले नेपालमा डिजिटल कनेक्टिभिटीको महत्वलाई अझ बढी उजागर गरिदिएको छ । नयाँ यथार्थलाई आत्मसाथ गर्दै सामान्य दिनचर्या कायम राख्न र दूरसञ्चार पूर्वाधार तथा यसका सेवाहरूले व्यक्ति र सङ्गठनहरूलाई जोड्न महत्वपूर्ण भूमिका खेलिरहेका छन् ।

जसले गर्दा सूचना तथा सञ्चार प्रविधिको प्रयोगमा उल्लेख्य वृद्धि भएको छ । अनलाइन शिक्षा, वर्क फ्रम होम, अनलाइन कारोबार, डिजिटल कन्टेन्ट र अनलाइन गेमिङले प्राथामिकता पाएका छन् । तर यी सबैका बावजुत हामीले यसको मेरुदण्डको रुपमा रहेको दूरसञ्चार सेवालाई भने सामान्य रुपमा लिएका छौं ।

जब हामी अनलाइन कारोबार, राइड शेयरिङ, अनलाइन बैंकिङ, अनलाइन कक्षा जस्ता नयाँ सेवाको कुरा गर्छौं, सबै कनेक्सन (सम्पर्क) मा निर्भर छन् भन्ने कुरा चाहिँ हामीले बिर्सिन मिल्दैन । डेटा कनेक्टिभिटीले नै यी सबै कुरा सम्भव भएका हुन् । कोभिड–१९ महामारीका कारण लागू भएको लकडाउनमा देशको अर्थतन्त्रलाई चलायमान राख्न, स्वास्थ्य क्षेत्रलाई सक्रिय बनाउन, शिक्षालाई निरन्तरता दिन दूरसञ्चार क्षेत्रले ठूलो भूमिका निर्वाह गरेको छ ।

धुलिखेलको डाँडाबाट देखिएको वारयलेस नेटवर्क टावर

यो सबै नेपाल टेलिकम, एनसेल, स्मार्ट जस्ता दूरसञ्चार सेवा प्रदायक, ह्वावे लगायतका दूरसञ्चार पूर्वाधार कम्पनी र भुसाल जस्ता टेलिकम इन्जिनियरले अग्रमोर्चामा रहेर गरिरहेको कामले नै सम्भव बनाएको हो । जसले दूरसञ्चार नेटवर्कको निर्माण र त्यसको मर्मतसम्भारलाई सँधै निरन्तरता दिएका छन् ।

प्रतिफल स्वरूप आज महामारीको यो समयमा हामी एक अर्कासँग कनेक्ट हुन, घरबाटै काम गर्न, अनलाइन कारोबार गर्न, अनलाइन कक्षामा सहभागी हुन पाइरहेका छौं । अझ भनौं, देशको स्वास्थ्य, शिक्षा, अर्थतन्त्र जस्ता महत्वपूर्ण मेरुदण्डलाई निरन्तर चलायमान राख्न सम्भव भएको छ ।

हुन त अन्तर्राष्ट्रिय दूरसञ्चार निकाय, ह्वावे जस्ता दूरसञ्चार पूर्वाधार कम्पनी र उनीहरूले उपलब्ध गराएको नीति तथा पूर्वाधारको पनि निकै ठूलो भूमिका रहेको छ । विगत २१ वर्षदेखि ह्वावेले नेपालको दूरसञ्चार क्षेत्रमा काम गरिरहेको छ । नियामक निकायले यो क्षेत्रको विकासका लागि आवश्यक नीतिमा काम गरिरहेको छ ।

फिल्डमा नेटवर्क सिस्टम जाँच गर्दै ह्वावेका इन्जिनियर

दूरसञ्चार सेवा प्रदायक कम्पनीले लागानी विस्तार गर्दै देशभर सेवा पुर्‍याइरहेका छन् । उनीहरूकै सहकार्यमा ह्वावेले टुजी, थ्रीजी हुँदै फोरजी सम्मको प्रविधि नेपालमा भित्र्याएर देशभर पुर्‍याउन आवश्यक पूर्वाधार तयार गर्ने सम्मको काम गर्दै आएको छ ।

‘सबै मानिसको पहुँचमा ब्रोडब्याण्ड कनेक्टिभिटी पुर्‍याउन, विशेष गरी कोभिड–१९ को महामारी पश्चात ह्वावे दूरसञ्चार नेटवर्कको विस्तार एवम् गुणस्तर नियन्त्रण तथा निरन्तरताका लागि प्रतिवद्ध छ । चाहे जस्तोसुकै परिस्थिति सिर्जना होस्, देशभर उच्च गुणस्तरिय सेवा, सेवा विस्तार, सहज र सहुलियतपूर्ण पहुुँचका लागि टेलिकम कम्पनी, इन्टरनेट सेवा प्रदायक, सरकार र सूचना प्रविधिसँग सम्बन्धित निकायको डेटा सेन्टर तथा नेटवर्क निर्माण र मर्मतमा हामी काम गरिरहेका छौ’, ह्वावे नेपालका सीईओ विलियम चाङले बताए ।

त्यसै आधारमा देशका १२४ स्थानमा सर्भिस टिम खडा गरेर सात हजार एक सय मोबाइल बेस स्टेसनको मर्मतसम्भार ह्वावेले गर्दै आएको छ । जसका लागि पाँच सयभन्दा बढी कर्मचारी फिल्डमा खटिएका छन् । साथै १५० भन्दा बढी कर्मचारी फिल्डमा खटिएका टिमको अनुगमन गर्ने र मोबाइल नेटवर्कको निरन्तरतामा कायम गर्न घरबाट काम गरिरहेका छन् ।

यसैको मद्दतले सगरमाथा बेस क्याम्प, अन्नपूर्ण बेस क्याम्प जस्ता विकट स्थानमा वायरलेस बेस स्टेसन साइट निर्माण गर्ने देखि कोभिड–१९ महामारीको समयमा नेटवर्कको सहज पुहँच सम्भव भएको हो ।

ह्वावे टेक्नोलोजी नेपालका इन्जिनियर नन्देश शाह भन्छन्, ‘कुनै समय भूकम्प, बाढी र आँधीबेहेरी जस्ता प्राकृतिक प्रकोपसँग जुधेको टिम अहिले कोभिड–१९ सँग जुधिरहेको छ । भूकम्पको बेला देशको आधाभन्दा बढी दूरसञ्चार पूर्वाधारमा क्षति पुगको थियो । त्यसलाई छोटो समयमा सञ्चालनमा ल्याउन काम गरेको टिम आज नेटवर्क बिग्रिएको अवस्थामा दिनरात नभनी तुरुन्तै पुगेर दूरसञ्चार नेटवर्कलाई निरन्तरता प्रदान गर्न खटिएको छ ।’

टावरमा देखिएको समस्या समाधानका लागि काम गर्दै इन्जिनियर

‘काठमाडौं उपत्यकाको हकमा हेर्ने हो भने ९० प्रतिशत भन्दा बढी टावर घरको छतमा राखिएका छन्’, शाह भन्छन्, ‘घरमा बालबालिका, वृद्धवृद्धा हुने भएकाले कोभिड–१९ को अहिलेको अवस्थामा घरबेटीले घरमा प्रवेश गर्न स्वीकृति दिँदैनन् । हुन त हामीसँग कोभिड परीक्षणको रिपोर्ट साथमै हुन्छ । मास्क लगाएकै हुन्छौँ । तर, पनि तिरस्कार खेप्नुपर्ने वाध्यता धेरै ठाउँमा आइरहेको हुन्छ । यसका बावजुद पनि उनीहरूलाई हाम्रो कामको महत्व बुझाउँदै काम गरिरहेका हुन्छौं ।’

हुन त दूरसञ्चार क्षेत्रलाई सरकारले कोभिडको समयमा अत्यावश्यक सेवाको रुपमा खुला गरेको थियो । तर, पनि कतिपय स्थानमा स्थानीय सरकारले बाहिरबाट आउनेलाई प्रतिबन्द लगाएका थिए । त्यस्तोमा केही दिन त क्वारेन्टिन पनि बस्नुपर्ने अवस्था आयो ।

शाह भन्छन्, ‘काम गर्न गएका ठाउँमा कहाँ बस्ने, के गर्ने भन्ने चुनौतीको बीचमा पनि आवश्यकता अनुसार व्यवस्थापन गर्दै हामीले काम गर्नैपर्छ । पूर्ण रुपमा स्वास्थ्य मापदण्ड अपनाउँदै हामी दूरसञ्चार नेटवर्कको निरन्तरतामा लागिरहेका छौं । जुन सामान्यतया सबैले देख्दैनन् । तर, हाम्रो मेहनतले आज करोडौं प्रयोगकर्ता सञ्चार सम्पर्कमा जोडिएका छन् ।’

‘हामी दिनरात नभनी काममा निस्किरहेका हुन्छौं,’ शाह सुनाउँछन्, ‘हुन त घरपरिवारकाले यस्तो समयमा बाहिर गएर काम गर्नुभन्दा घरमै बस्न बल गरिरहेका हुन्छन् । तर, सँगै उनीहरूलाई यो पनि थाहा छ कि यदि हामी काममा गएनौँ भने महामारीको समयमा दूरसञ्चार सेवा निरन्तर र गुणस्तरिय हुनसक्दैन । जसबाट करोडौं मानिस प्रभावित हुनेछन् ।’

ह्वावेको नेटवर्क सिस्टम

‘त्यसैले हाम्रो कामलाई परिवारले सम्मान साथ हेर्ने गरेको छ,’ उनी थप्छन, ‘हामी पूर्णरूपमा स्वास्थ्य मापदण्ड अपनाएर काम गरिरहेका हुन्छौँ । जसले परिवारलाई पनि सुरक्षित महसुस गराएको छ ।’

अझ अहिले वर्षायाम सुरु भएको छ । जता ततै बाढी पहिरो आइरहेको हुन्छ । सडक भत्किएका छन् । जसले गर्दा डाँडाकाँडामा राखिएका साइटहरूमा जोखिम मोल्नु पर्ने हुन्छ । यस्तो समयमा विद्युत सबैभन्दा ठूलो चुनौति हुन्छ । बिजुली जाँदा पनि दूरसञ्चार सेवामा असर पर्छ । केही समय अघिमात्रै धादिङमा आएको बाढी त्यसको एउटा उदाहरण हो । जहाँ एकै पटक १०–१५ ओटा टावरमा समस्या आयो । परिणाम स्वरुप त्यस क्षेत्रको सेवा नै अवरुद्ध भएको थियो ।

‘टावर भएको ठाउँमा जाने बाटो सम्भव थिएन,’ शाह सुनाउँछन्, ‘त्यस्ता केही ठाउँमा दूरसञ्चार सेवा प्रदायकसँग सहकार्य गर्दै गाडीमा आधारित टावरमार्फत तत्कालै सेवा सुचारु गर्ने काम पनि भयो ।’ तर, त्यो केही समयको विकल्प मात्रै थियो ।

‘हामीले स्थानिय सरकार र प्रहरी प्रशासनको सहयोगमा क्षति भएका साइटसम्म पुगेर काम गर्‍यौँ’, शाह भन्छन्, ‘तर, बाढी पहिरोले भत्किएर तहसनहस भएका त्यस्ता बाटोमा डोरीमा बाधिएर, बुट्यानमा झुन्डिदै साइटमा पुगेर काम गर्नुपर्दा खुट्टा काँपी रहेका हुन्थे ।’

यी सबै चुनौति हामीले सेवा प्रदायकबाट पाएको सहयोग र स्थानीय निकायसँगको सहकार्य र कम्पनी भित्रको सामुहिक कार्यबाट सम्भव भएको हो । अफिसमा बस्ने टिमले मनिटरिङ टुलमार्फत कुन ठाउँमा बत्ति गयो, कुन ठाउँमा नेटवर्क गयो भन्ने कुराको जानकारी फिल्डमा खटिएकाहरुलाई निरन्तर उपलब्ध गराइरहेका हुन्छन् ।

मेलम्चीका स्थानियसँग मिलेर क्षती भएकाे साइटतर्फ सामान लिएर जाँदै

त्यसै अनुसार फिल्डमा रहेका टिमलाई काम गर्न धेरै सहज भएको छ । यसरी हुने सामुहिक कार्यले गर्दा नै कोभिड महामारीबीच दूरसञ्चार सेवाले निरन्तरता पाउन सफल भएको हो ।

‘हामीले यसरी खटिएर काम गर्दा आज करोडौं मानिस एकै ठाउँमा जोडिएका छन् भन्दा खुशी लाग्छ,’ भुसाल भन्छन्, ‘मान्छे मोबाइलमा कुराकानी गरिरहको देख्दा पनि आफैँले बोलिरहेको जस्तै अनुभूत हुन्छ । त्यसैले पनि आफूले भोगिरहेको पिडाको बीचमा पनि अरुलाई निरन्तर दूरसञ्चार सेवा उपलब्ध गराउन हामी कटिबद्ध छौं ।’ 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३