close

६४ मोडलका ह्वावे स्मार्टफोनमा उपलब्ध भयो हार्मोनी ओएस

टेकपाना टेकपाना

साउन २३, २०७८ १२:४३

६४ मोडलका ह्वावे स्मार्टफोनमा उपलब्ध भयो हार्मोनी ओएस

काठमाडौं । चिनियाँ प्रविधि कम्पनी ह्वावेले केही समयअघि आफ्नै अपरेटिङ सिस्टम ‘हार्मोनी ओएस’ सार्वजनिक गरेको थियो । सार्वजनिक भएको छोटो समयमा कम्पनीले आफ्ना मोबाइल प्रयोगकर्तालाई उक्त नयाँ ओएस उपलब्ध गराइसकेको छ ।

संयुक्त राज्य अमेरिकाले विगत दुई वर्षदेखि ह्वावेलाई आफ्ना प्रविधि प्रयोगमा प्रतिबन्धमा लगाएको छ । जसका कारण ह्वावेले गुगलका विभिन्न सेवाका साथै अपरेटिङ सिस्टम एन्ड्रोइडसमेत प्रयोग गर्न पाएको छैन । प्रतिबन्धको प्रत्यक्ष असर ह्वावेको व्यवसायमा पनि परेको छ ।

अमेरिकाले सन् २०१९ मा ह्वावेलाई कालोसूचीमा राखेलगत्तै कम्पनीले हार्मोनी ओएस ल्याएको थियो । तर, यो पूर्णरुपमा गुगलको एन्ड्रोइडमै आधारित भएर निर्माण गरिएको थियो ।

तर, सँगै ह्वावेलाई अमेरिकी कम्पनीले निर्माण गरेको कुनै पनि प्रडक्ट प्रयोग गर्न नपाउने गरी प्रतिबन्ध गरियो । त्यसपछि कम्पनीले एन्ड्रोइडमा आधारित भएर हार्मोनी ओएस विस्तार गर्ने अवस्था रहेन ।

उसले सन् २०१६ बाटै हार्मोनी ओएस निर्माणको काम सुरु गरेको थियो । एन्ड्रोइडको ब्याकअपका रुपमा विभिन्न आईओटीमा आधारित डिभाइसमा हार्मोनी ओएस प्रयोगमा ल्याउँदै आएको थियो । तर, तीन महिना अघिबाट भने कम्पनीले यसको स्टेवल भसर्न प्रयोगकर्ता माझ उपलब्ध गराउने थालेको हो ।

यो तीन महिनाको अवधिमा ६५ फरक मोडलका स्मार्टफोन पयोगकर्तामाझ हार्मोनी ओएस पुगिसकेको उल्लेख गरिएको छ । जसमा कम्पनीको फ्ल्यागसिप स्मार्टफोन मेट ४० सिरिज, मेट ३० सिरिज, मेट एक्सटु, पी४० का सार्थ मिड रेन्जका स्मार्टफोनमा समेत उपलब्ध भइसकेको जनाइएको छ ।

कम्पनीका अनुसार यो वर्षको अन्त्यसम्म ह्वावेका सम्पूर्ण प्रयोगकर्तामाझ नयाँ ओएस उपलब्ध भइसक्ने छ । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३