close

यसरी गर्नुहोस् आफ्ना महत्वपूर्ण ईमेलको ब्याकअप

टेकपाना टेकपाना

साउन २७, २०७८ ९:५७

यसरी गर्नुहोस् आफ्ना महत्वपूर्ण ईमेलको ब्याकअप

काठमाडौं । तपाईंले जिमेलबाट ईमेल पठाउने क्रममा धेरैजसो समय ईमेल व्याकअपको अप्सन देखिरहनुभएको हुनसक्छ । यो के हो र किन गर्ने भन्ने कौतुहलता तपाईंमा हुन सक्छ ।

ईमेल व्याकअप भनेको ओरिजिनल/मूल ईमेलहरु डिलिट भइसकेको अवस्थामा पनि प्राप्त गर्न सकिने कपी ईमेलको समूह हो । ईमेल ब्याकअप डेटा सुरक्षाको एउटा उपयुक्त उपाय पनि  हो । यसलाई प्रयोग गरी अर्को डिभाइसमा सेभ गरेर सजिलै ईमेल डेटा सुरक्षित राख्न सकिन्छ ।

ईमेल व्याकअप गर्नुका विविध कारणहरु हुन् सक्छन । जस्तो कि तपाईं भर्खरै कुनै कम्पनीसँग जोडिनुभएको छ । अथवा पुरानो गुगल अकाउन्ट बन्द गर्न लाग्नुभएको छ भने ईमेल व्याकअप राख्नु एकदम राम्रो हुनेछ  । डेटा सुरक्षित राख्ने यो एउटा उपयुक्त उपाय हो ।

यसरी गर्नुहोस् ईमेल व्याकअप 

सबैभन्दा पहिला यहाँ क्लिक गर्नुहोस् । त्यसपछि तपाईंले विभिन्न अप्सनहरु देख्नसक्नु हुन्छ, जसको सुरुवातमा रहेको Privacy & Personalization अप्सनमा क्लिक गर्नुहोस् ।

त्यसको ठीकमुनी निलो रंगमा ‘Manage your Data & personalization’ अप्सन देख्न सक्नुहुन्छ ।

अब तलसम्म स्क्रोल गरेपछि देखिने ‘Download, delete, or make a plan for your data’ भन्ने अप्सन देखिन्छ । त्यहाँ गएर डाउनलोड ‘Your Data’ मा क्लिक गर्नुहोस् । त्यसपछि तपाईं गुगल टेक आउट पेजमा पुग्नुहुन्छ । 

अब तपाईंले डाउनलोड गर्न चाहनुभएका एप्सहरुमा टिक चिन्ह लगाउनुहोस् (साथै कुनैकुनै सर्भिस बटनमा multiple formats’ हुन्छन् ।  आफूले चाहेको फर्म्याटमा डेटा सेभ गर्न सक्नुहुन्छ ।)

यसपछि त्यहाँ ‘Next Step’ बटनमा क्लिक गर्नुपर्ने हुन्छ ।

तपाईं आफ्नो डेटा कसरी प्राप्त गर्न चाहनुहुन्छ, यो निर्णय लिनका लागि तल देखिने डेलिभरी मेथोडमा क्लिक गर्नुहोस्, जहाँ तपाईंलाई विभिन्न अप्सनहरू दिइएको हुन्छ ।

अब तपाईंले तपाईंको डेटा कति पटकसम्म डेटा व्याकअपका लागि पठाउन चाहनुहुन्छ, छान्नसक्नु हुन्छ । साथै तपाईंको डेटाको अधिकतम साइजसमेत छान्न सक्नुहुनेछ ।

तपाईंको फाइलको साइज धेरै ठूलो भएमा त्यो मल्टिपल फाइलमा छुट्टिएर सेभ हुन्छ । २ जीबीभन्दा ठूलो साइजको फाइलले जीप६४ कम्प्रेसन फर्म्याट को प्रयोग गर्दछ ।

अब आफ्नो सेलेक्सन सकिएपछि ‘Creat Export’ मा क्लिक गर्नुहोस । अब तपाईंको डेटा डाउनलोड हुन सुरु हुन्छ ।

प्रतिक्षा गर्नुहोला, किनकि एक्सपोर्टको प्रक्रिया पुरा हुन करिब एक दिन लाग्नसक्छ । तपाईंले आवश्यकता अनुसार सो प्रकृया रद्द गर्न पनि सक्नुहुन्छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३