close

फ्रिक्वेन्सी बोलकबोल नरोकिने, पुरा भएन सीजीको चाहना

टेकपाना टेकपाना

पुस १, २०७६ १८:५९

फ्रिक्वेन्सी बोलकबोल नरोकिने, पुरा भएन सीजीको चाहना

बुधबार नेपालमै पहिलो पटक हुन गइरहेको फ्रिक्वेन्सी बोलबकोल प्रकृया नरोकिने निश्चित भएको छ । सीजी कम्युनिकेशनले दायर गरेको रिटमा सर्वोच्चले अन्तरिम आदेश जारी नगरेपछि फ्रिक्वेन्सी बोलकबोल प्रकृया बुधबारै हुने निश्चित भएको हो ।

मंगलबार सर्वोच्च अदालतका न्यायाधीस प्रकाशकुमार ढुंगानाको एकल इजलासले यस्तै प्रकृतिको मुद्दामा गत वर्ष नै आदेश जारी भइसकेको भन्दै उक्त मुद्दामा जारी आदेश सहित बुधबारको इजलासमा पेश गर्न भनेकाे छ ।

सीजीको तर्फबाट टिकाराज कार्कीको वारेसको रुपमा ठाकुर रिमालले अन्तरिम आदेशमार्फत फ्रिक्वेन्सी बोलकबोल प्रकृया राेक्न माग गर्दै गएको २६ मंसिरमा सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

यसअघि प्राधिकरणले पहिलोपटक गत वर्षको ४ पुसमा फ्रिक्वेन्सी लिलाम बढाबढ गर्ने सूचना प्रकाशित गरेको थियो । सीजीले आफूलाई आधारभूत टेलिफोन सेवाको अनुमतिपत्र नदिइ बाँकी रहेको फ्रिक्वेन्सी बिक्री गर्न लागेको भन्दै त्यसबेला समेत सर्वोच्चमा मुद्दा दायर गरेको थियो ।

उक्त मुद्दामा ५ फागुन २०७५ को प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र बमकुमार श्रेष्ठको संयुक्त इजलासले त्यस अघि सर्वोच्चकै न्यायाधीश सपना प्रधान मल्लको एकल इजलासले सीजीको पक्षमा जारी गरेको अन्तरिम आदेश खारेज गर्ने फैसला सुनाएसँगै पुनः फ्रिक्वेन्सी बोलकबोल प्रक्रिया अगाडि बढेको हो ।

नाम मात्रको दूरसञ्चार सेवाको लाइसेन्स रहेको सीजीले फ्रिक्वेन्सीमा मुद्दा हाल्दै टेलिकमको लाइसेन्स माग्दै आएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३३