close

नयाँ स्मार्टफोन ओप्पो ए १६ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

साउन ३२, २०७८ २१:४१

नयाँ स्मार्टफोन ओप्पो ए १६ एस सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । चिनियाँ मोबाइल निर्माता कम्पनी ओप्पोले आफ्नो नयाँ स्मार्टफोन ओप्पो ए १६ एस विश्व बजारमा सार्वजनिक गरेको छ । ओप्पो ए १६ एस कम्पनीको ए सिरिजको पछिल्लो स्मार्टफोन हो । जसमा वाटरड्रप नच डिस्प्ले रहेको छ ।

दुई ओटा कलर अप्सनमा आएको ओप्पो ए १६ एसको पछाडि भागमा तीन ओटा क्यामेराको सेटअप राखिएको छ । जसमा एआई ब्युटिफिकेसन मोड, ड्याजलिङ मोड र बुके इफेक्ट लगायतका मोड उपलब्ध गराइएको छ ।

फोनमा एउटा प्रि इन्स्टल्ड फिचर पनि छ, जसले फोनलाई ओभरचार्ज हुनबाट रोक्ने गर्छ । ओप्पो ए १६ एस को मूल्य १४९ युरो अर्थात करिब करिब २० हजार ८२३ रुपैयाँ राखिएको छ । एउटा मात्र भेरियन्टमा सार्वजनिक गरिएको यो फोनमा चार जीबी र्‍याम तथा ६४ जीबी स्टोरेज रहेको छ ।

यो फोन क्रिस्टल ब्ल्याक र पर्ल ब्लु कलर अप्सनमा आएको छ । एन्ड्रोइड ११ मा आधारित कलर ओएस रहेको ओप्पो ए १६ एसमा ६.५२ इन्चको एचडी प्लस डिस्प्ले दिइएको छ । जसको रेजोलुसन ७२०X१६०० पिक्सेल रहेको छ ।

त्यसैगरी यो फोनको डिस्प्लेमा ६० हर्जको रिफ्रेश रेट छ । मिडियाटेक हेलियो जी ३५ प्रोसेसरसहितको एलपीडीडीआर ४ एक्स र्‍यामका साथ ६४ जीबी रोम रहेको यो फोनमा मेमोरी कार्डको सहयोगमा स्टोरेज बढाउन सकिने सुविधा छ ।

फोनमा १३ मेगापिक्सेलको प्राइमरी क्यामेरा दिइएको छ । जसको अपार्चर एफ/२.२ रहेको छ । यसको साथमा दुई मेगापिक्सेलको मोनोक्रोम सेन्सर दिइएको छ । जसको अपार्चर एफ/२.४ रहेको छ । त्यसैगरी तेस्रो लेन्सको रुपमा दुई मेगापिक्सेलको म्याक्रो शुटर दिइएको छ ।

यसमा सेल्फीका लागि ८ मेगापिक्सेलको फ्रन्ट क्यामेरा राखिएको छ । ओप्पो ए १६ एसमा कनेक्टिभिटीको रुपमा फोरजी एलटीई, डुअल ब्यान्ड वाई-फाई, ब्लुटुथ भी ५.०, जीपीएस/ए-जीपीएस, एनएफसी, यूएसबी टाइप सी पोर्ट दिइएको छ ।

त्यसैगरी फोनमा ३.५ एमएम हेडफोन ज्याक समेत छ । फोनमा साइड माउन्टेड फिंगरप्रिन्ट सेन्सर छ । साथै पावरका लागि ५००० एमएएच क्षमताको ब्याट्री राखिएको यो फोनको तौल १९० ग्राम रहेको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१