close

८ करोड बढी स्मार्ट डिभाइस ह्याकरको निगरानीमा, कतै तपाईं त निशानामा पर्नुभएन ?

टेकपाना टेकपाना

भदौ ३, २०७८ ८:२९

८ करोड बढी स्मार्ट डिभाइस ह्याकरको निगरानीमा, कतै तपाईं त निशानामा पर्नुभएन ?

काठमाडौं । तपाईं हामीले दैनिक रुपमा प्रयोग गर्ने उपकरणहरू कत्तिको सुरक्षित छन् रु यो आजको चिन्ताको विषय हो ।

यो साइबर दुनियाँमा हामीले आफूसँग मात्रै छन् भनिएका डेटा हाम्रो जानकारीबिना नै अरु कसैले प्रयोग गर्नसक्ने जोखिम बढ्दो छ ।

यसैबीच हालै गरिएकाे एक अध्ययनले ८ कराेडभन्दा बढी स्मार्ट डिभाइसमा गम्भीर सुरक्षा कमजाेरी फेला परेकाे खुलासा गरेकाे छ ।

साे अध्ययनले क्यामेरादेखि बेबी मनिटरसम्मका स्मार्ट डिभाइस ह्याकिङकाे जाेखिममा रहेकाे पत्ता लगाएकाे छ ।

साइबर सेक्युरिटी कम्पनी मेन्डियन्टले यूएस साइबर सेक्युरिटी एन्ड इन्फ्रास्ट्रक्चर एजेन्सीसँग सहकार्य गरी गरेको उक्त अध्ययनबाट ह्याकरले प्रयोगकर्ताको अडियो र भिडियोमाथि अनाधिकृत पहुँच राख्न सक्ने तथ्य खुलेको हो ।

डिफल्ट पासवर्ड सेट नगरिएका डिभाइसहरुमा समेत असर पुगेको उसले उल्लेख गरेको छ । कम्पनीका अनुसार, उक्त समस्या ताइवानी कम्पनी ‘थ्रुटेक’ ले विकास गरेको आईओटी (इन्टरनेट अफ थिङ्स) सफ्टवेयर kalay प्रोटोकोल मा देखिएको हो ।

थ्रुटेकले स्मार्ट डिभाइसहरु नियन्त्रण गर्ने प्लेर्टफर्म उपलब्ध गराउँछ । यो तथ्य बाहिरिएपछि थ्रुटेकले प्रयोगकर्ताहरुलाई सफ्टवेयर अपडेट गर्न र ह्याकरहरुबाट सुरक्षित रहन चेतावनी दिएको छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१