close

रियलमीको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छ मूल्य र फिचर

टेकपाना टेकपाना

भदौ ४, २०७८ ९:२६

रियलमीको पहिलो ल्यापटप सार्वजनिक, यस्तो छ मूल्य र फिचर

काठमाडौं । प्रविधि ब्राण्ड रियलमीले पहिलो पटक ल्यापटप सार्वजनिक गरेको छ । कम्पनीले फरक डिजाइनमा बनेको टुके डिस्प्ले (2K display) ल्यापटप ‘रियलमी बुक’ बजारमा ल्याएको हो ।

ब्लु र ग्रे कलरमा उपलब्ध यो ल्यापटपमा सुपर स्लिम १४.९ एमएम मेटल बडीको केस रहेको छ । यसमा ४०० निट्स पिक ब्राइटनेससहित १४ इन्च टुके फुल भिजन डिस्प्ले रहेको छ । परम्परागत १६ः९ स्क्रिन रेसियोको तुलनामा यसको ३ः२ स्क्रिन रेसियोले माइक्रोसफ्ट अफिस सफ्टवेयर प्रयोग गर्दा स्क्रिनमा अझ धेरै सूचना देखाउँछ ।

ठूला गेमहरु पनि सजिलै चल्न सक्ने रियलमी बुकलाई 11th Gen Intel® Core processor र dual-fan Storm Cooling System ले पावर गरेको छ । यसमा १६ जीबीसम्मकाे र्‍याम उपलब्ध छ । ६५ वाट सुपर फास्ट चार्ज प्रविधि रहेकाे ल्यापटपमा ११ घण्टासम्म ब्याट्री टिक्ने कम्पनीले जनाएकाे छ ।

वाईफाई सिक्स प्रविधि सपोर्ट गर्दै रियलमी बुकमा चार वटा कनेक्सन ‘4/USB ports’ (आईफाइभ भसर्नमा मात्र उपलब्ध) छ, जसमध्ये एउटा ३.५ एमएम इयरफोन पोर्ट, एउटा टाइप ए पोर्ट र अर्को टाइपी सी पोर्ट रहेको छ ।

ल्यापटपमा मा भएका अन्य फिचरहरुमा DTS HD stereo sound effect सपोर्ट गर्ने दुईटा HARMAN speakers र Dual Mic Noise Cancellation रहेको छ जसले अनलाइन काम गर्न अथवा पढ्न सहयोग गर्दछ ।

रियलमीको PC Connect फिचरले प्रयोगकर्ताहरुलाई आफ्नो फोनलाई ल्यापटपसँग सिंक गराएर यसमा रहेका आकर्षक एप्लिकेसनहरुको मद्दतबाट काम र पढाइलाई सजिलो पार्दछ । यसमा विण्डाेज १० प्रि-इन्स्टल गरिएको छ ।

i3 8GB + 256GB सहितको रियलमी बुककाे सुरुवाती मूल्य ७४९ अमेरिकी डलर रहेकाे छ र i3 8GB + 512GB को मूल्य ७९९ अमेरिकी डलर रहेको छ । त्यसैगरी i5 8GB + 512GB भएको रियलमी बुककाे सुरुवाती मूल्य ७६९ अमेरिकी डलर रहेकाे छ भने i5 16GB + 512GB को मूल्य ९९९ अमेरिकी डलर रहेकाे छ ।

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१