close

अफगानिस्तानमा प्रयोगकर्ताको सुरक्षाका लागि फेसबुकको नयाँ सिस्टम

टेकपाना टेकपाना

भदौ ४, २०७८ १४:१

अफगानिस्तानमा प्रयोगकर्ताको सुरक्षाका लागि फेसबुकको नयाँ सिस्टम

काठमाडौं । अफगानिस्तानमा फेसबुकले नयाँ सुरक्षा प्रणाली अपनाएको छ । तालिबानीहरू सत्तामा बलियो हुँदै गइरहेका बेला प्रयोगकर्ताको सुरक्षालाई लिएर फेसबुकले यस्तो कदम चालेको हो ।

अफगानिस्तानमा व्यक्तिको प्रोफाइलबाट साथीहरूको सूची हेरी लक्षित गर्न सक्ने भएकाले प्रयोगकर्ताको सुरक्षाका लागि फ्रेन्ड लिस्ट हेर्न नमिल्ने बनाइएको हो । फेसबुकका सुरक्षा नीति प्रमुख नथानिएल ग्लेइचरले बिहीबार यसबारेमा जानकारी गराएका हुन् ।

उनले यसका अतिरिक्त अफगानिस्तानका फेसबुक अकाउन्टहरू लक गर्न वान-क्लिक प्रणाली समेत जारी गर्न लागेको बताए । उनीहरूको प्रोफाइल लक भएपछि फेसबुकमा साथी नहुनेहरूले प्रोफाइल फोटो डाउनलोड गर्न र शेयर गर्न मिल्दैन ।

त्यो हुँदा पनि प्रयोगकर्ता केही हदसम्म सुरक्षित हुने अपेक्षा कम्पनीको छ । फेसबुकमा मात्रै नभएर फेसबुकको स्वामित्वमा रहेको इन्स्टाग्राममा पप-अप अलर्ट जारी गर्न लागेको छ । यो फिचर पनि अफगानिस्तानका प्रयोगकर्तालाई लक्षित गरिएको ग्लेइचरले बताएका छन् । 

पछिल्लो अध्यावधिक: असोज २, २०७९ २२:३१